Premier Cables

कोशी प्रदेश

धनपालथान बालिका हत्या प्रकरण : अनुसन्धान काकातर्फ सोझियो, ज्यान मुद्दा चल्ने

Calendar आइतबार, असार १५, २०८२  | अपराह्न १:४३ बजे

विराटनगर। मोरङको धनपालथान गाउँपालिका-५ की ७ वर्षीया नाबालिकाको हत्या प्रकरणमा प्रहरीले काकाविरुद्ध हाडनाता करणी र कर्तव्य ज्यानको अभियोगमा मुद्दा चलाउने तयारी गरेको छ। प्रहरीले मृतक नाबालिकाका मावलीपट्टिका काका, अनिष सरदारविरुद्ध म्याद थप गरेर अनुसन्धान अघि बढाउने तयारी गरेको हो।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार, पीडितको किटानी जाहेरीका आधारमा अनुसन्धान सुरु गरिएको हो। प्रहरीले सोधपुछका क्रममा अनिषले घटना भएको दिन मदिरा सेवन गरेको स्वीकार गरेका छन्, तर उनले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छैनन्।

बिज्ञापन

चुँडालका अनुसार, विभिन्न मेडिकल रिपोर्ट र प्रमाणको आधारमा अनुसन्धानबाट वास्तविकता खुल्ने विश्वास गरिएको छ। “काकाकै संलग्नता हो कि भन्ने आशंका छ, तर त्यो प्रमाणसहित पुष्टि गर्नुपर्ने हुन्छ,” उनले भनिन्।

नाबालिकाको शवको पोस्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पताल पठाइएको छ। पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाबारे थप जानकारी खुल्ने प्रहरीको विश्वास छ।

मृतक बालिकाको हजुरआमालाई जिम्मा लगाएर उनका आमाबुवा आफन्तकहाँ गएको समयमा बालिका हराएकी थिइन्। शनिबार बिहान उनका शव घरनजिकै फेला परेको थियो।

घटनापछि मृतक बालिकाका आफन्त स्तब्ध भएका छन्। पीडित परिवारका एक सदस्य, अमृताकुमारी चौधरीले गाउँभर त्रास फैलिएको जानकारी दिइन्। “घटना अत्यन्त दर्दनाक छ। निष्पक्ष अनुसन्धान होस् र दोषीलाई कानुनी कारबाही होस् भन्ने हाम्रो चाहना हो,” उनले भनिन्।

प्रहरीले प्राप्त प्रमाण, अनुसन्धानको निष्कर्ष, र मेडिकल रिपोर्टको आधारमा अनिषविरुद्ध मुद्दा अघि बढाउने तयारी गरिरहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Eastern College
aarya
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
ACS

विराटनगर

हेर्नै पर्ने भिडियो