Premier Cables
Premier Steel

समाचार

धनपालथान एसईईसी रिजल्ट : जिल्लामा सबैभन्दा पछाडि, दुई विद्यालयका एक-एक जनामात्र पास

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar सोमबार, असार १६, २०८२  | बिहान ११:५३ बजे

विराटनगर । यस वर्षको एसईई परीक्षामा मोरङको धनपालथान गाउँपालिकाका दुई सामुदायिक विद्यालयबाट जम्मा एक एक जना गरेर मात्र दुई विद्यार्थी उत्तीर्ण भएका छन् ।

गाउँपालिकाका सामुदायिक विद्यालयहरूले यस वर्षको एसईई नतिजा लज्जास्पद देखाएका छन्। सामुदायिक विद्यालयबाट एसईई परीक्षामा ३५९ विद्यार्थी सहभागी भएका थिए । जसमा केवल ८९ विद्यार्थी अर्थात् २५ प्रतिशत मात्र पालिकाभरि उत्तीर्ण भएका छन् ।

बिज्ञापन

धनपालथान–३ मा रहेको शिवशक्ति मावि र धनपालथान–४ को शारदा माविबाट मात्र १–१ जना विद्यार्थी उत्तीर्ण भएका छन्। धनपालथान–६ मा रहेको श्री सरस्वती माविले ८० जना विद्यार्थीमध्ये ४० जनालाई उत्तीर्ण गराउँदै पालिकाकै उत्कृष्ट रिजल्ट निकालेको छ।

७ सामुदायिक रहेपनि धनपालथानबाट मोरङ जिल्लाकै सबैभन्दा कम विद्यार्थी उत्तीर्ण भएाक छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka