Premier Cables
Premier Steel

अपराध

मोरङमा आफ्नै भतिजमाथि करणी गरी हत्या गर्नेलाई आजीवन कारावास

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन ०५, २०८२  | राती ९:११ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–५ मा आफ्नै ७ वर्षीया भतिजीमाथि बलात्कारपछि हत्या गर्ने अनिष सरदारलाई जिल्ला अदालत मोरङले आजीवन कैदको सजाय सुनाएको छ।

२२ वर्षीय अनिष सरदारले गत असार १४ गते राति मदिरा सेवन गरेपछि आफ्नी भतिजी आत्तिका सरदारलाई घरबाट बाहिर लगेर बलात्कार गरेका थिए। त्यसपछि घटनाको भण्डाफोर हुने डरले बालिकाको हत्या गरी शव दुर्गा आधारभूत विद्यालय नजिकैको बाटो छेउमा फालेका थिए।

बिज्ञापन

घटनापछि शव फेला परेपछि प्रहरीले प्रारम्भिक अनुसन्धान गर्दै अनिषलाई पक्राउ गरेको थियो। अदालतका स्रेस्तेदार मणिराम पोखरेलका अनुसार उनले अदालतमा दोष स्वीकार गरेका थिए। यही आधारमा न्यायाधीश बाबुराम सुवेदीको इजलासले सोमबार थुनछेक बहसकै दिन उनलाई जन्मकैदको फैसला सुनाएको हो।

त्यस्तै, अदालतले अनिषलाई सात लाख रुपैयाँ जरिवाना र एक लाख रुपैयाँ मृतकका नजिकका नातेदारलाई क्षतिपूर्ति दिन आदेश दिएको छ। जरिवानाबाट संकलित रकम पीडित राहत कोषमा जम्मा गरिनेछ।

प्रहरी अनुसन्धानले पनि अनिषले बालिकालाई बलात्कार गरेपछि हत्या गरेर शव लुकाउन विद्यालय नजिक फालेको पुष्टि गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka