Premier Cables

अर्थ

राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलकाे सम्पत्ति कति ? शेयरमात्रै रु‍. १४ कराेडकाे !

Calendar बुधबार, असार ११, २०८२  | साँझ ५:१२ बजे

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सम्पत्ति विवरण बुझाएका छन्। राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएपछि पौडेलले बुझाएको सम्पत्ति विवरणमा ललितपुर नवलपरासीमा घर र जग्गा,४५ तोला सुन र १५ लाखको हिराका गहना रहेको छ।

पौडेलकी श्रीमती प्रतिभा शर्माको नाममा ललितपुरको सैंबु र नवलपरासी गैंडाकोटमा एक/एकवटा घर र जग्गा रहेको छ। प्रतिभाको नाममा ४५ तोला सुन र १५ लाख मूल्य बराबरको हिराका गहना रहेका छन्।

बिज्ञापन

यसैगरी विभिन्न बैंक वित्तीय तथा सहकारी संस्थामा पौडेल र उनकी श्रीमतीको नाममा २० लाख ६८ हजार ९०५ रुपैयाँ मौज्दा रहेको छ। दुवैको नाममा ४ हजार ५१३ अमेरिकी डलर रहेको पनि विवरणमा उल्लेख छ।

पौडेलले धितोपत्र,सेयर वा ऋणपत्रमा पनि लगानी गरेका छन्। उनले करिब साढे १५ लाख कित्ता सेयर/ऋणपत्रमा लगानी गरेका छन्। विभिन्न सातवटा कम्पनीहरूमा उनको र श्रीमतीको नाममा १५ लाख ३६ हजार ५ सय ८९ कित्ता सेयर रहेको छ। यसकाे बजार मूल्य १४ कराेड रुपैयाँ भएकाे बताइएकाे छ ।

पौडेलका अनुसार सानिमा बैंक,सानिमा माइ हाइड्रोपावर,सानिमा मिडल तमोर हाइड्रोपावर,ग्लोबेको प्रालि,संयुक्त उर्जा हाइड्रोपावर,चितवन,चितवन इनर्जि लिमिटेड र ग्लोबेको प्रालिमा प्रवर्द्धक र साधारण सेयर रहेको छ।

श्रीमतीको नाममा ४४ लाख रुपैयाँ बराबरको एउटा सुजुकी गाडी रहेको पनि विवरणमा उल्लेख छ। पुराना गाडी बिक्री र स्वआर्जनबाट उक्त गाडी खरिद गरेको सम्पत्ति विवरणमा उल्लेख छ। विवरण अनुसार पौडेलको नाममा ऋण छैन।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Eastern College
aarya
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
ACS

विराटनगर

हेर्नै पर्ने भिडियो
Advertisement

Developed by Pigeon Advertising