Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशी जेटबोट दुर्घटनाको छानबिन प्रतिवेदन मुख्यमन्त्रीले बुझे

Hamro Biratnagar News Channel Calendar शुक्रबार, मंसिर ११, २०८३  | अपराह्न ३:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी नदीमा भएको पानीबोट दुर्घटनाबारे गठित छानबिन समितिले आफ्नो प्रतिवेदन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष पेश गरेको छ।

कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्ले २०८३ कात्तिक १० गते गरेको निर्णयअनुसार प्रदेश सचिव आसमान तामाङको संयोजकत्वमा दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको थियो। धनकुटा, भोजपुर र उदयपुर जिल्लाको संगमस्थल त्रिवेणीमा २०८३ कात्तिक ५ गते बराह त्रिवेणी जलयातायात प्रा.लि.को नाममा सञ्चालित यात्रुवाहक ओबीएम पानीबोट दुर्घटना भएपछि सरकारले घटनाको वास्तविकता पत्ता लगाउन छानबिन समिति गठन गरेको हो।

विज्ञापन

समितिले दुर्घटनास्थलको स्थलगत अध्ययन, सरोकारवालासँग छलफल तथा प्राप्त कागजात र प्रमाणहरूको अध्ययन एवं विश्लेषण गरी प्रतिवेदन तयार पारेको जनाएको छ।

प्रतिवेदनमा दुर्घटनाको घटनाक्रम र कारण, पानीबोटको प्राविधिक तथा सञ्चालन अवस्था, सम्बन्धित निकायहरूको भूमिका, उद्धार तथा राहत व्यवस्थापनलगायतका विषय समेटिएका छन्। त्यसैगरी, आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन आवश्यक नीतिगत, कानुनी तथा संस्थागत सुधारका उपाय र सुझावसमेत प्रतिवेदनमा समावेश गरिएको छ।

समितिले प्रतिवेदनमार्फत प्रस्तुत गरेका निष्कर्ष तथा सुझाव कार्यान्वयनका लागि आवश्यक निर्णय र निर्देशन दिन सरकारसमक्ष अनुरोध गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

फरक स्वाद, फरक उर्जा : पाँच नयाँ फ्लेभर सहित एक्स्ट्रिम बजारमा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

बालेन सरकारको नयाँ कदम: कर प्रणाली सुधार्न ६३ ऐन संशोधन, करदातालाई राहतदेखि लगानीकर्तालाई सुविधा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

विदेशी लगानी भित्र्याउने तयारीमा विराटनगर जुट मिल्स, ३५ वर्ष सञ्चालनको जिम्मा दिन प्रस्ताव आह्वान

Clock Iconबुधबार, मंसिर ०९, २०८३

भारतमा नेपालीले क्यूआरबाट भुक्तानी गर्न अझै अनिश्चित, कहाँ अड्कियो सहमति ?

Clock Iconबुधबार, मंसिर ०९, २०८३

विराट एक्स्पो २०२६-एउटै छानामुनि उद्योगदेखि रोजगारीसम्मका अवसर

Clock Iconमंगलबार, मंसिर ०८, २०८३

अयोध्याबाट आएको सरयू–कमला एक्सप्रेस जनकपुरधाममा, भव्य स्वागत

Clock Iconमंगलबार, मंसिर ०८, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka