Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

बिहारका विधायककी छोरीको भव्य विवाह चर्चामा, पाँच लाख पाहुना सहभागी भएको दाबी

Hamro Biratnagar News Channel Calendar शुक्रबार, मंसिर ११, २०८३  | बिहान ९:२४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । भारतको बिहारमा एक प्रभावशाली विधायककी छोरीको भव्य विवाह समारोह यतिबेला भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। मोकामा क्षेत्रका विधायक अनन्त सिंहकी छोरी शिवांगी सिंह र ऋषिकेश कुमारबीच बुधबार पटनाबाट करिब ६५ किलोमिटर टाढा रहेको सिंहको पुर्ख्यौली गाउँ नदवाँमा विवाह सम्पन्न भएको हो।

धेरै दिनसम्म चलेको विवाह समारोहमा भव्य सजावट, ठूलो संख्यामा पाहुनाको उपस्थिति, घोडदौड प्रतियोगिता र महँगो भोजका कारण यो विवाहले विशेष चर्चा पाएको छ। सञ्चारमाध्यमका अनुसार समारोहमा करिब पाँच लाख मानिस सहभागी भएका थिए। भीडका कारण गाउँको वातावरण मेलाजस्तै बनेको थियो भने पटना आउने–जाने सडकमा घण्टौँसम्म यातायात प्रभावित भएको थियो।

विज्ञापन

विशिष्ट पाहुनाको आवागमनलाई सहज बनाउन गाउँमा छवटा हेलिप्याड निर्माण गरिएको थियो। विवाहको भोज व्यवस्थापनका लागि ५०० जना सेफ तथा भान्से परिचालन गरिएको विधायकका निकट सहयोगी मुन्ना सिंहले एएफपीलाई बताएका छन्। उनका अनुसार पाहुनाका लागि १५० भन्दा बढी परिकार र करिब ८० लाख थान मिठाई तयार पारिएको थियो। कबाब तथा तरकारी बनाउन एक हजार किलो खसीको मासु प्रयोग गरिएको बताइएको छ।

तर, ठूलो संख्यामा पाहुना उपस्थित भएपछि भोजन व्यवस्थापनमा समस्या देखिएको थियो। खाना खाने प्लेट वितरणका क्रममा पाहुनाबीच तँछाडमछाड भएको दृश्य सार्वजनिक भएको छ। कतिपयले प्लेट नपाएपछि भाँडाबाटै खाना खाएका थिए भने केही पाहुनाले कार्डबोर्डका टुक्रामा खाना राखेर खानुपरेको थियो। करिब १० किलोमिटरसम्म सवारीसाधनको लाम लागेको र भोजमा अव्यवस्था देखिएपछि समारोहको व्यवस्थापनमाथि प्रश्न उठ्न थालेको छ।

विवाहलाई थप आकर्षक बनाउन ५२ वटा घोडा सहभागी गराएर घोडदौड प्रतियोगिता आयोजना गरिएको थियो। तर, प्रतियोगिता हेर्न दर्शकको ठूलो भीड मैदानमा प्रवेश गरेपछि मुख्य प्रतिस्पर्धा स्थगित गर्नुपरेको थियो। विधायक सिंहले प्रतियोगिताका विजेतालाई १० देखि २० लाख भारतीय रुपैयाँ मूल्य पर्ने एसयूभी, दोस्रो हुनेलाई मोटरसाइकल र तेस्रो हुनेलाई स्कुटर पुरस्कार दिने घोषणा गरेका थिए।

विवाहका दिन बेहुली शिवांगी ल्यान्ड क्रुजर गाडीमा समारोहस्थल पुगेकी थिइन्। अमेरिकाको जर्जिया स्टेट युनिभर्सिटीबाट एमबीए गरेका बेहुला ऋषिकेश १५१ वटा गाडीको लस्करसहित जन्ती लिएर आएका थिए। विधायक अनन्त सिंह पनि समर्थकहरूको ठूलो भीडबीच एसयूभीको सनरुफबाट बाहिर निस्कँदै समारोहमा सहभागी भएका थिए।

भारतीय सञ्चारमाध्यमका रिपोर्टअनुसार बेहुला पक्षले बेहुलीको परिवारबाट करिब दुई करोड ३० लाख भारतीय रुपैयाँ मूल्यको कारसहित सुन तथा चाँदीका उपहार प्राप्त गरेको छ। यद्यपि, विवाह समारोहमा भएको कुल खर्चबारे विधायक सिंहले सार्वजनिक रूपमा केही बताएका छैनन्।

बिहार भारतका आर्थिक रूपमा कमजोर राज्यहरूमध्ये एक भएकाले यस्तो तडकभडकपूर्ण विवाहलाई लिएर सामाजिक र राजनीतिक वृत्तमा बहस सुरु भएको छ। कतिपय सञ्चारमाध्यमले यसलाई ‘शाही विवाह’ को संज्ञा दिएका छन्। यसको तुलना सन् २०२४ मा भारतका अर्बपति मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको विवाहसँग समेत गरिएको छ।

विवाहका दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि खर्चको स्रोत र त्यसको औचित्यमाथि प्रश्न उठाइएको छ। बिहार विधान परिषद्का सदस्य तथा अनन्त सिंहका राजनीतिक प्रतिद्वन्द्वी नीरज कुमारले विवाहमा भएको खर्चबारे छानबिन गर्न माग गरेका छन्। पत्रकार गार्गी रावतलगायत सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि यति ठूलो आर्थिक प्रदर्शनको औचित्यमाथि प्रश्न उठाएका छन्।

विवादास्पद राजनीतिक पृष्ठभूमिका अनन्त सिंह

यो विवाह चर्चामा आउनुको अर्को कारण बेहुलीका पिता अनन्त सिंहको राजनीतिक तथा विवादास्पद पृष्ठभूमि पनि हो। ‘छोटे सरकार’ उपनामले चिनिने सिंह बिहारका प्रभावशाली स्थानीय नेतामध्ये एक हुन्। उनी ‘बाहुबली’ राजनीतिज्ञका रूपमा समेत परिचित छन्।

सन् २००५ मा पहिलोपटक मोकामा क्षेत्रबाट निर्वाचित भएका सिंहले त्यसपछि सन् २०१०, २०१५, २०२० र २०२५ का निर्वाचनमा पनि जित हासिल गरेका छन्। निर्वाचन आयोगमा बुझाएको शपथपत्रअनुसार उनी र उनकी श्रीमतीको कुल सम्पत्ति करिब एक अर्ब भारतीय रुपैयाँ रहेको उल्लेख छ।

उनले आफूविरुद्ध हत्या, हत्या प्रयास, जबर्जस्ती चन्दा असुली तथा दंगा भड्काएको लगायतका दुई दर्जनभन्दा बढी आपराधिक मुद्दा विचाराधीन रहेको पनि शपथपत्रमा खुलाएका छन्।

सन् २०१९ मा उनको घरबाट एके–४७ राइफलसहित हातहतियार र गोलीगठ्ठा बरामद भएको घटनासम्बन्धी मुद्दामा सन् २०२२ मा उनी दोषी ठहर भएका थिए। अदालतले उनलाई १० वर्षको जेल सजाय सुनाएपछि उनको विधानसभा सदस्यता खारेज भएको थियो। पछि धरौटीमा रिहा भएका उनले उक्त फैसलाविरुद्ध पुनरावेदन गरेका थिए।

यसैबीच, गत वर्षको निर्वाचनसँग सम्बन्धित एक हत्याकाण्डमा पनि उनी मुख्य शंकास्पद व्यक्तिका रूपमा उल्लेख भएका छन्। उक्त मुद्दामा तीन महिना जेल बसेका सिंहलाई भारतको सर्वोच्च अदालतले डिसेम्बर १ भित्र आत्मसमर्पण गर्न आदेश दिएको छ। उनले अदालतको आदेश पालना गर्ने बताउँदै आएका छन्।

यसरी एकातिर भव्य भोज, महँगा उपहार र हजारौँ गाडीको तामझामले विवाहलाई चर्चामा ल्याएको छ भने अर्कोतिर खर्चको स्रोत, सामाजिक असमानता र विधायक अनन्त सिंहको विवादास्पद राजनीतिक पृष्ठभूमिले यो समारोहलाई थप बहसको विषय बनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

फरक स्वाद, फरक उर्जा : पाँच नयाँ फ्लेभर सहित एक्स्ट्रिम बजारमा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

बालेन सरकारको नयाँ कदम: कर प्रणाली सुधार्न ६३ ऐन संशोधन, करदातालाई राहतदेखि लगानीकर्तालाई सुविधा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

विदेशी लगानी भित्र्याउने तयारीमा विराटनगर जुट मिल्स, ३५ वर्ष सञ्चालनको जिम्मा दिन प्रस्ताव आह्वान

Clock Iconबुधबार, मंसिर ०९, २०८३

भारतमा नेपालीले क्यूआरबाट भुक्तानी गर्न अझै अनिश्चित, कहाँ अड्कियो सहमति ?

Clock Iconबुधबार, मंसिर ०९, २०८३

विराट एक्स्पो २०२६-एउटै छानामुनि उद्योगदेखि रोजगारीसम्मका अवसर

Clock Iconमंगलबार, मंसिर ०८, २०८३

अयोध्याबाट आएको सरयू–कमला एक्सप्रेस जनकपुरधाममा, भव्य स्वागत

Clock Iconमंगलबार, मंसिर ०८, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka