Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

प्रधानमन्त्री मोदीले पूर्णिया विमानस्थल उद्घाटन गर्दै, विराटनगरलाई पनि हुन्छ फाइदा

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन २५, २०८२  | बिहान ८:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

पूर्णिया,(बिहार)। बिहारको पूर्णिया विमानस्थलको उद्घाटन २५ अगस्ट २०२५ मा हुंदैछ ।

उद्घाटन समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थित रहने बताइएको छ।

बिज्ञापन

विमानस्थल सञ्चालनका लागि भारतीय विमानपत्तन प्राधिकरण (एएआई) ले तयारी अन्तिम चरणमा पुर्‍याएको छ।

पूर्णिया विमानस्थल बिहारको चौथो नागरिक विमानस्थल हुनेछ, जुन पटना, गया र दरभंगापछिको विकल्पका रूपमा विकास गरिएको हो।

यस विमानस्थलको सुरुवाती चरणमा इन्डिगो एयरलाइन्स ले पूर्णिया–दिल्ली नियमित उडान सेवा सुरु गर्ने तयारी गरेको छ। यसले कोसी र सीमांचल क्षेत्रलाई देशको राजधानीसँग प्रत्यक्ष रुपमा जोड्नेछ।

यो विमानस्थल न केवल पूर्णिया जिल्लाका बासिन्दा, तर पश्चिम बंगाल, झारखण्ड र नेपालका यात्रुहरूका लागि समेत उपयोगी हुने बताइएको छ।

यहाँको रनवे पूर्वी भारतकै सबैभन्दा लामोमध्ये एक हो, जसको लम्बाइ ३,३५३ मिटर (११,००० फिट) र चौडाइ १५० फिट रहेको छ। यो रनवे हाल भारतीय वायुसेनाको अधीनमा छ र ठूला जहाजहरूको आवागमनका लागि उपयुक्त मानिएको छ।

विमानस्थल निर्माणले स्थानीय जनताको लामो समयदेखिको माग पूरा गर्नुका साथै, क्षेत्रीय कनेक्टिविटीमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ।
स्टार न्युजले‌ लेखेको छ

भविष्यमा अन्य प्रमुख सहरहरूसँग पनि हवाई सेवा विस्तार गरिने योजना छ, जसले यातायात प्रणालीलाई सुलभ मात्र होइन, क्षेत्रीय आर्थिक गतिविधिमा समेत टेवा पुर्‍याउनेछ।

विराटनगरलाई फाइदा
पूर्णिया विराटनगर-भारत सीमाबाट ९० किलोमिटर मात्र टाढा छ ।

जोगबनीबाट एक घन्टाको यात्रामा पुग्न सकिन्छ । दिल्ली सहित भारतका अन्य ठूला सहर पुग्न नेपालीले पनि फाइदा लिन सक्छन् ।

अहिले पूर्वी नेपालका नेपाली पश्चिम बङ्गालको बागडोग्रा विमानस्थल भएर भारतीय राज्य पुग्ने गरेका छन्। पूर्णियासम्म जोगबनीबाट भारु.१५ मा लोकल रेल चढेर पनि पुग्न सकिन्छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka