काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणमा सहभागी हुने मन्त्रीको संख्या घटाइएको छ। यही मंसिर ६ र ७ गते हुने भ्रमणमा सुरुमा चार जना मन्त्री सहभागी हुने चर्चा भए पनि अन्तिम समयमा दुई जनाको नाम हटाइएको हो।
सुरुमा प्रधानमन्त्री शाहसँग अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, पूर्वाधार विकासमन्त्री सुनील लम्साल र पर्यटनमन्त्री खडकराज पौडेल (गनेस) भारत जाने तयारी रहेको बताइएको थियो।
तर, पछिल्लो व्यवस्थाअनुसार अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनाल मात्रै प्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी हुने भएका छन्।
स्रोतका अनुसार पूर्वाधार विकासमन्त्री लम्साल र पर्यटनमन्त्री पौडेलको नाम भ्रमण टोलीबाट हटाइएको हो।
प्रधानमन्त्री शाहको यो भारत भ्रमणलाई दुई देशबीचको सम्बन्ध, आर्थिक सहकार्य र द्विपक्षीय हितका विषयमा छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
