Premier Cables
Premier Steel

राष्ट्रिय

सदनमा प्रधानमन्त्री: सुकुमवासी समस्या समाधान गर्ने प्रतिबद्धता

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, जेठ १७, २०८३  | अपराह्न २:४३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले काठमाडौं उपत्यकामा रहेका सुकुमवासीहरूको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री शाहले वास्तविक सुकुमवासीहरूको उचित व्यवस्थापन र पुनर्स्थापनाका लागि सरकारले ठोस कदम चाल्ने बताए। उनले आफ्नो दल तथा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुकुमवासी समस्याको दीर्घकालीन समाधानमा केन्द्रित रहेको उल्लेख गरे।

बिज्ञापन

प्रधानमन्त्री शाहले आफू स्थानीय सरकारमा रहँदा नै संघीय सरकारलाई सुकुमवासीहरूलाई हाल बसोबास गरिरहेको स्थानबाट व्यवस्थित रूपमा स्थानान्तरण गरी होल्डिङ सेन्टरमा राख्न र वास्तविक भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउन सुझाव दिएको स्मरण गरे। उनका अनुसार देशभर कतै पनि जग्गा नभएका वास्तविक सुकुमवासीलाई राज्यले उचित व्यवस्थापन गर्नुपर्छ।

उनले वर्षौंदेखि थाँती रहेको समस्या तत्कालै समाधान हुने अपेक्षा नगर्न आग्रह गर्दै ३५ वर्षमा समाधान हुन नसकेको विषय ३५ मिनेटमै समाधान खोज्न नहुने बताए।

यसैबीच, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि हालै सार्वजनिक गरिएको बजेटमार्फत चालु आर्थिक वर्षभित्रै सुकुमवासी व्यवस्थापनसम्बन्धी काम अगाडि बढाइने जानकारी दिएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa