Premier Cables
Premier Steel

राष्ट्रिय

जेनजीको आन्दोलनमा बालेनको समर्थन, भने-तपाईंहरूले कस्तो देश देख्न चाहनु हुन्छ र ?

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र २२, २०८२  | अपराह्न ३:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा भोलि आयोजना हुने प्रदर्शनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले समर्थन जनाएका छन्।

उमेरको सीमा पुगेका कारण प्रदर्शनमा सहभागी नहुने भए पनि उनले उक्त आन्दोलनका माग र उद्देश्यप्रति आफू सकारात्मक रहेको सामाजिक सञ्जालमार्फत बताएका छन्।

बिज्ञापन

मेयर बालेनले लेखेका छन्, “भोलिको र्‍याली स्पष्ट रूपमा स्वस्फूर्त Zen G पुस्ताको हो। उहाँहरू २८ वर्ष मुनिका हुनुहुन्छ, जसका लागि म पनि अझै बुढो देखिन्छु। म उहाँहरूको इच्छा, उद्देश्य र सोच बुझ्न चाहन्छु।”

उनले राजनीतिक हस्तक्षेप नहुने अपेक्षा पनि व्यक्त गरेका छन्। “भोलिको स्वतःस्फूर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद वा अभियन्ताले आफ्ना स्वार्थका लागि बाठो नबनून्। म उमेर हदबन्दीका कारण जान त सक्दिन, तर उहाँहरूको आवाज बुझ्नु जरुरी छ। मेरो भरपूर समर्थन छ,” बालेनले उल्लेख गरेका छन्।

साथै उनले प्रदर्शनमा सहभागी युवाहरूलाई सोधेका छन्, “प्रिय Zen G, तपाईंहरूले कस्तो देश देख्न चाहनुहुन्छ?”

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa