Premier Cables
Premier Steel

राजनीति

कांग्रेस महामन्त्रीमा सुनिल शर्मा चौथो स्थानमा

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज २५, २०८३  | बिहान १०:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको मतगणनामा प्रदीप पौडेलले अग्रता कायमै राखेका छन्। १ हजार ५८० मत गणना हुँदा पौडेलले ९०९ मत प्राप्त गरेका छन्। महामन्त्रीका अन्य प्रतिस्पर्धीलाई पछि पार्दै उनी अग्रस्थानमा रहेका हुन्।

प्राप्त मतपरिणामअनुसार अमरसिंह पुनले ५४६ मत प्राप्त गरेका छन् भने उदयशमशेर राणाले ५३९ मत पाएका छन्। त्यसैगरी डा. सुनिल शर्माले ४१० मत प्राप्त गरेका छन्।

विज्ञापन

मतपरिणामअनुसार पौडेल पहिलो स्थानमा रहँदा पुन दोस्रो, राणा तेस्रो र शर्मा चौथो स्थानमा छन्।

महामन्त्री पदमा दुई जना निर्वाचित हुने व्यवस्था रहेकाले हालको मतपरिणामअनुसार पौडेलसँगै पुन र राणाबीच दोस्रो स्थानका लागि प्रतिस्पर्धा देखिएको छ। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka