Premier Cables
Premier Steel

विराटनगर

कांग्रेस सह-महामन्त्री यादव विराटनगरमा, नेता बालकृष्ण खाँड आउँदै

नोट: यो समाचार १ महिना अघिको हो

Calendar मंगलबार, असार ३१, २०८२  | अपराह्न १२:०५ बजे

विराटनगर । विराटनगरमा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवसँग समसामयिक राजनीतिक विषयमा भेटघाट तथा छलफल भएको छ। भेटमा हालको राजनीतिक परिस्थिति, सरकारको कार्यशैली, सत्तारूढ गठबन्धनभित्रको समन्वय, आगामी निर्वाचनका तयारीलगायत विविध विषयमा गहिरो छलफल भएको कांग्रेस नेता राजु मास्केले बताए । नेपाल भारत मैत्री संघको कार्यक्रममा सहभागी हुन आएका हुन । नेपालको विकासको आयाममा भारतको लगानीको भूमिका विषयमा छलफल हुने छ । सोही कार्यक्रममा सहभागी हुन नेता बालकृष्ण खाँड पनि सहभागी हुन आज विराटनगर आउँदै छन् ।

विराटनगर आएका बेला सहमहामन्त्री यादवले हाल कांग्रेसको सांगठनिक सुदृढीकरण र कार्यकर्ता सम्पर्क अभियानका बारे समेत छलफल गरेका थिए । यस अन्तर्गत प्रदेश र स्थानीय तहका नेता–कार्यकर्ताहरूसँग पनि उनी निरन्तर संवादमा रहेका छन्। सोही क्रममा विराटनगरमा भएको छलफललाई पार्टीभित्र लोकतान्त्रिक संवादलाई मजबुत बनाउने प्रयासको रूपमा हेरिएको छ।

बिज्ञापन

भेटमा सहभागी नेताहरूले पार्टीभित्रको आन्तरिक एकता, सरकारको जवाफदेही भूमिका, भ्रष्टाचारविरुद्धको दृष्टिकोण, र जनताका समस्या समाधानमा कांग्रेसको धारणा कस्तो हुनुपर्छ भन्नेबारे आफ्ना विचार राखेका थिए।

सहमहामन्त्री यादवले वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेसले सशक्त र जिम्मेवार भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याउँदै सरकारको सफल कार्यान्वयन र लोकतान्त्रिक मूल्यको संरक्षण कांग्रेसको प्रमुख दायित्व भएको बताए।

भेटमा प्रदेशका केही नेताहरू, स्थानीय तहका प्रतिनिधिहरू तथा युवाहरूको उपस्थिति रहेको थियो। के को लागि संविधान संशोधन गर्ने भन्ने विषयमा पनि छलफल केन्द्रति भएको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka