Premier Cables

राजनीति

मोरङ ६(ख) मा उद्धव कोइरालाको उम्मेदवारी

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज ११, २०८३  | अपराह्न १२:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नं. ६(ख) को प्रदेश सभापति पदमा कांग्रेसका पुराना तथा अनुभवी कार्यकर्ता उद्धव कोइरालाले उम्मेदवारी दिएका छन्। लामो समयदेखि नेपाली कांग्रेसको संगठनमा निरन्तर सक्रिय रहँदै आएका कोइरालाले आफ्नो राजनीतिक यात्रा संघर्ष, त्याग र संगठनप्रतिको प्रतिबद्धतामा आधारित रहेको बताउँदै कार्यकर्ताको विश्वाससहित चुनावी मैदानमा उत्रिएका हुन्।

उपलब्ध विवरणअनुसार कोइराला २०४४ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय रहँदै आएका छन्। २०४२ सालको सत्याग्रहका क्रममा प्रहरी यातनासमेत भोगेका उनले विद्यार्थी राजनीतिदेखि पार्टी संगठनसम्म विभिन्न जिम्मेवारीमा रहेर काम गरेका छन्। २०४६ सालको राजनीतिक परिवर्तनको आन्दोलनमा समेत सक्रिय भूमिका निर्वाह गरेका कोइरालाले त्यसयता पार्टीका विभिन्न तहमा जिम्मेवारी सम्हाल्दै आएका छन्।

विज्ञापन

प्रजातन्त्र, लोकतन्त्र र पार्टी संगठनका लागि संघर्ष गर्दै पटक–पटक प्रहरी हिरासत तथा दुःख–कष्ट भोगेको अनुभव बोकेका कोइरालाले अहिलेको उम्मेदवारीलाई व्यक्तिगत पदभन्दा पनि कार्यकर्ताको सम्मान र संगठनलाई थप बलियो बनाउने अभियानका रूपमा अघि सारेका छन्।
उनले पुराना कार्यकर्ताको योगदानको सम्मान गर्दै नयाँ पुस्तालाई पार्टी संगठनमा आकर्षित गर्ने, कार्यकर्ताका समस्या सुन्ने र नेतृत्व तथा कार्यकर्ताबीच प्रत्यक्ष संवादको वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

लामो राजनीतिक अनुभव, संघर्षशील पृष्ठभूमि र कार्यकर्तासँगको निरन्तर सम्पर्कलाई आधार बनाउँदै कोइराला मोरङ–५(ख) का कांग्रेस कार्यकर्ताको मन जितेर प्रदेश सभापतिमा विजयी हुने लक्ष्यसहित चुनावी अभियानमा सक्रिय छन्। उनका समर्थकहरूले पनि संगठनप्रतिको निरन्तरता र संघर्षको इतिहासलाई उनको उम्मेदवारीको प्रमुख आधारका रूपमा प्रस्तुत गरेका छन्।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka