Premier Cables

विराटनगर

कांग्रेस वडा अधिवेशनः विराटनगरमा कुन-कुन वडामा हुँदैछ निर्वाचन ?

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज ०६, २०८३  | अपराह्न ३:०६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन जारी छ । यसै अन्तर्गत विराटनगरका केही वडामा चुनावी प्रक्रियाद्वारा पनि नेतृत्व चयन भइरहेका छन् ।

विराटनगर महानगरपालिका वडा नं ५ मा जम्मा ६९७ क्रियाशील सदस्य रहेका छन् । यस वडामा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि छनोटका लागि उत्साहसाथ मतदान भईरहेको छ । विराटनगर ५ मा रहेको तोदी भवनमा बिहान १० बजेबाट मतदान प्रक्रिया शुर भएको हो । तातोघाममा लामो लाइन लागेर क्रियाशील सदस्यहरुले मतदान गरिरहेका छन् । यस वडामा सभापति पदका लागि चार जनाको उमेदवारी परेको छ ।

विज्ञापन

सिताराम भट्टराई, प्रभावकर कार्की, रमेश कुमार रेग्मी र राखी कार्कीले प्रतिस्पर्धा गरिरहेका छन् । त्यस्तै वडा सदस्यका लागि पाँच जना छानिनु पर्नेमध्ये १२ जनाको उमेदवारी परेको छ । त्यस्तै क्षेत्रीय प्रतिनिधिको लागि सबै क्लस्टरमा उमेदवारी परेको छ ।

क्षेत्रीय प्रतिनिधिमा पनि विशेष मानिने खुला क्षेत्रीय प्रतिनिधि २० जना हुन पाउने यस वडामा २५ जनाको उमेदवारी परेपछि मतदान प्रक्रियाद्वारा नेतृत्व गरिने भएको छ ।

महानगर सभापतिका उमदेवार बन्ने घोषणा गरेका सन्तोष न्यौपाने यही वडाबाट क्षेत्रीय प्रतिनिधिको उमेदवार बनेका छन् । उनी निर्वाचित नभए महानगर सभापतिमा उठ्न पाउने छैनन् ।

विराटनगर ६ मा मंगलबार मनोनयन दर्तामात्र भएको छ । बुधबार निर्वाचन हुनेछ । विराटनगर ९ मा मंगलबार सर्वसम्मत नेतृत्व चयन भएको छ । यहाँ ४६० जना क्रियाशील सदस्य छन् । हाल विराटनगर महानगरपालिकाका मेयर तथा कांग्रेस मोरङका उपसभापतिको यही वडा हो । कोइराला अविधेशन प्रक्रियामा सामेल छैनन् ।

यसैगरी विराटनगर १२ मा कूल ५०८ जना क्रियाशील सदस्य छन् । यहाँ पनि वडा नेतृत्वका लागि निर्वाचन भएको छ । खुला क्षेत्रीय प्रतिनिधि बाहेक सबै क्लस्टरमा मतदान सम्पन्न भएको छ । बिहान ८ बजेबाट शुरु भएको मतदान १ बजे सकिएको थियो ।

मतगणना आजै हुने बताइएको छ । ५०८ क्रियाशील सदस्यमध्ये ३५३ जनाले मतदान गरेका छन् । यहाँबाट कूल ५० जना क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् ।

यस वडामा सभापतिका लागि अजित कुमार शर्मा र डेडराज दाहालबीच प्रतिस्पर्धा छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka