Premier Cables
Premier Steel

अर्थ

भारतीय क्लेयरिङ एजेन्टको आन्दोलन फिर्ता: ५०० भन्दा बढी मालवाहक लरी नेपाल भित्रिने

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र ०९, २०८३  | राती ८:१८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । भारतीय क्लेयरिङ एजेन्टहरूले गर्दै आएको आन्दोलन फिर्ता भएसँगै सीमा क्षेत्रमा रोकिएका ५०० भन्दा बढी मालवाहक लरीहरूको आवागमन भोलिदेखि पुनः नियमित हुने भएको छ।

उद्योगी तथा सरोकारवाला निकायबिच भएको सकारात्मक छलफलपछि आन्दोलन स्थगित भई रोकिएका मालवाहक सवारी गन्तव्यतर्फ पठाउने सहमति भएको हो।

बिज्ञापन

सीमामा ५०० भन्दा बढी मालबाहक ट्रक रोकिएका थिए । अब ती ट्रक क्रमशः नेपाल तर्फ आउने बताइएको छ ।

भारतीय क्लेयरिङ एजेन्टहरूको आन्दोलनका कारण केही दिनदेखि सीमापारि ठूलो सङ्ख्यामा मालवाहक गाडीहरू रोकिएका थिए। यसले नेपाली उद्योगहरूका लागि आवश्यक कच्चा पदार्थ तथा आयात-निर्यातका सामग्री रोकिएर समग्र व्यापारिक क्षेत्र प्रभावित बनेको थियो।

समस्या चर्किएपछि उद्योग संगठनका अध्यक्ष नन्दकिशोर राठीको नेतृत्वमा निवर्तमान अध्यक्ष राकेश सुराना, उपाध्यक्ष बिपिन काबरा र सदस्य दीपक अग्रवाल सम्मिलित टोलीले समस्या समाधानका लागि प्रत्यक्ष पहल थालेको थियो। उधोगी सुरानाले भने,”सहमति पछि रोकिएका गाडी आउने छन् ।”

उक्त टोलीले भारतीय भूमि व्यवस्थापन प्राधिकरण तथा क्लेयरिङ एजेन्ट्स एसोसिएसनका प्रतिनिधिहरूसँग सीमा क्षेत्रमै पुगेर विस्तृत छलफल गरेको थियो।

छलफलपछि आन्दोलनरत पक्ष आफ्ना कार्यक्रम फिर्ता लिन सहमत भएका हुन्। सहमतिसँगै भारतीय क्षेत्रमा रोकिएका सबै आयातित मालवाहक लरीहरू भोलिदेखि क्रमिक रूपमा सहज ढङ्गले नेपालतर्फ भित्रिने र आपूर्ति व्यवस्था सुचारु हुने जनाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka