Premier Cables
Premier Steel

अर्थ

पांच सयभन्दा बढी मालबाहक ट्रक र कन्टेनर सीमापारिमै रोकिए, भन्सार जाँचपास पूर्ण अवरुद्ध

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र ०९, २०८३  | अपराह्न १२:४१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। सीमावर्ती जोगबनी भन्सारमा कार्यरत क्लियरिङ एजेन्टहरूले कामकाज ठप्प (पेनडाउन) गरेपछि विराटनगर नाकाबाट हुने नेपाल-भारत आयात-निर्यात पूर्ण रूपमा अवरुद्ध भएको छ।

भारतीय निकाय ‘ल्यान्ड पोर्ट अफ इन्डिया’ (एलपीआई) को कार्यसम्पादन र सीमा सुरक्षा बल (एसएसबी) को व्यवहारप्रति असन्तुष्टि जनाउँदै एजेन्टहरूले सोमबारदेखि आन्दोलन सुरु गरेका हुन्।

बिज्ञापन

एजेन्टहरूको हड्तालका कारण नेपालतर्फ आउँदै गरेका ५ सयभन्दा बढी मालबाहक ट्रक तथा कन्टेनर भारतीय सीमा क्षेत्रमै रोकिएका छन्। यसबाट विराटनगर भन्सार कार्यालयबाट हुने नियमित जाँचपास प्रक्रिया ठप्प भएको छ।

आन्दोलनरत क्लियरिङ एजेन्ट लक्ष्मण यादवका अनुसार एलपीआईका प्रबन्धक, कर्मचारी तथा एसएसबी प्रहरीले एजेन्ट र व्यवसायीहरूसँग अमर्यादित र हेपाहा व्यवहार गर्ने गरेका छन्।

“कर्मचारीहरूले सर्भर डाउन भएको बहाना बनाउँदै समयमा जाँचपास गर्दैनन्। जसका कारण व्यवसायीहरूले ३ दिनसम्मको थप पार्किङ शुल्क बुझाउनुपर्ने बाध्यता छ,” यादवले भने, “पटक-पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि बाध्य भएर हड्तालमा उत्रिएका हौँ।”

यता जोगबनीस्थित एलपीआईका प्रबन्धक रत्नाकर यादवले भने एजेन्टहरूले कुनै पूर्वजानकारी, मागपत्र वा अल्टिमेटम नदिई एकाएक काम रोकेको दाबी गरेका छन्। “उहाँहरूको माग के हो भन्नेबारे हामीलाई कुनै जानकारी दिइएको छैन। पूर्वसूचनाबिना एक्कासि पेनडाउन गर्दा काम रोकिएको छ,” उनले भने।

दुवै पक्षबीच सहमति नहुँदा नाकामा मालसामान बोकेका सवारी साधनको लामो लाइन लागेको छ भने आयात-निर्यात ठप्प हुँदा दैनिक करोडौँको राजस्व र व्यापार प्रभावित भएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka