Premier Cables
Premier Steel

अर्थ

पूर्वीनाका भएर हुने खाद्यान्न आयात झन् बढ्यो

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र ०७, २०८३  | बिहान ११:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्ष २०८२/८३ मा २४ अर्ब रुपैयाँभन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ।

प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख नन्दकिशोर सिंहका अनुसार भारत, चीन, अष्ट्रेलिया र बङ्गलादेशबाट खाद्यान्न, दलहन, ताजा तरकारी तथा फलफूल गरी कुल रु २४ अर्ब २६ करोड ७४ लाख बराबरको कृषिजन्य सामग्री नेपाल भित्रिएको हो।

विज्ञापन

आयातीत कृषि वस्तुमध्ये सबैभन्दा ठूलो हिस्सा खाद्यान्न र दलहनको रहेको छ। कार्यालयको तथ्याङ्कअनुसार भारतबाट रु २४ करोड २३ लाख १३ हजारको चामल र रु १८ लाखको कोदो आयात भएको छ। यस्तै, अष्ट्रेलिया र भारतबाट रु १८ करोड २७ लाख ९९ हजार बराबरको एक हजार ९९६ मेट्रिक टन चना तथा अष्ट्रेलियाबाट रु १० करोड ८८ लाख ५४ हजार बराबरको ७९६ मेट्रिक टन मासको दाल भित्रिएको छ।

यसैगरी, ताजा तरकारीतर्फ भारतबाट उल्लेख्य मात्रामा तरकारी आयात भएको छ। एक वर्षको अवधिमा रु १४ करोड ३९ लाख ६६ हजारको गोलभेडा, रु सात करोड ९० लाख ६४ हजारको काँक्रा र रु तीन करोड २४ लाख ३५ हजारको खुर्सानी आयात भएको छ।

फलफूलतर्फ भारत र चीन मुख्य स्रोतका रूपमा रहेका छन्। भारत र चीनबाट रु २९ करोड ५९ लाख ७२ हजारको स्याउ तथा भारतबाट मात्रै रु १४ करोड २४ लाख ८१ हजारको तरबुजा आयात भएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

कोशीको आर्थिक रूपान्तरणका लागि निजी क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा जोड, विराटनगरका उद्योगीले सुनाए समस्या

Clock Iconआइतबार, मंसिर १३, २०८३

कोशीमा निजी क्षेत्रसँग आर्थिक संवाद गर्न रास्वपा महामन्त्रीसहितका नेता विराटनगरमा

Clock Iconआइतबार, मंसिर १३, २०८३

अयोध्या-जनकपुर रेलसेवाले पर्यटनको नयाँ ढोका खोल्यो, पर्यटक टिकाइराख्नु मुख्य चुनौती

Clock Iconआइतबार, मंसिर १३, २०८३

फरक स्वाद, फरक उर्जा : पाँच नयाँ फ्लेभर सहित एक्स्ट्रिम बजारमा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

बालेन सरकारको नयाँ कदम: कर प्रणाली सुधार्न ६३ ऐन संशोधन, करदातालाई राहतदेखि लगानीकर्तालाई सुविधा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

विदेशी लगानी भित्र्याउने तयारीमा विराटनगर जुट मिल्स, ३५ वर्ष सञ्चालनको जिम्मा दिन प्रस्ताव आह्वान

Clock Iconबुधबार, मंसिर ०९, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka