Premier Cables
Premier Steel

अर्थ

काँकडभिट्टा नाकाबाट एक वर्षमा रु ९ करोड ८४ लाखको सागसब्जी निर्यात

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र ०५, २०८३  | अपराह्न २:११ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

झापा | पूर्वी नाका काँकडभिट्टाबाट एक वर्षमा रु ९ करोड ८४ लाख १४ हजार बराबरको सागसब्जी भारत, बङ्गलादेश र अमेरिका निर्यात भएको छ ।

प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा उक्त नाकाबाट कुल ६ हजार ५१९ मेट्रिक टन सागसब्जी निर्यात भएको हो ।

बिज्ञापन

कार्यालयका अनुसार सो अवधिमा ६ हजार २०१ मेट्रिक टन बन्दागोभी भारत निर्यात भएको छ । बन्दागोभी निर्यातबाट नेपालले रु ९ करोड ४७ लाख ६२ हजार बराबरको विदेशी मुद्रा आर्जन गरेको छ ।

त्यस्तै, बङ्गलादेशमा रु १ लाख ७६ हजार बराबरको हरियो खुर्सानी र रु १ लाख १७ हजार बराबरको टमाटर निर्यात भएको छ ।

यसैगरी, २६० मेट्रिक टन सिमी अमेरिका निर्यात गरिएको थियो । सिमी निर्यातबाट नेपालले रु ५ लाख ९९ हजार बराबरको रकम प्राप्त गरेको कार्यालयले जनाएको छ ।

काँकडभिट्टा नाकाबाट कृषि उपजको निर्यात बढ्दै गएसँगै पूर्वी नेपालका कृषक तथा व्यवसायीले अन्तर्राष्ट्रिय बजारबाट आम्दानी गर्ने अवसरसमेत बढेको जनाइएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka