Premier Cables

राष्ट्रिय

रास्वपाको महाधिवेशन एक दिन थपियो, बन्दसत्र मंगलबारदेखि सुरु हुने

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार ०९, २०८३  | अपराह्न २:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशन निर्धारित समयभन्दा एक दिन थप लम्बिने भएको छ। पार्टीका प्रवक्ता मनिष झाले सोमबार साँझ महाधिवेशन असार १० गते (बुधबार) सम्म सञ्चालन हुने जानकारी दिएका हुन्।

यसअघि आइतबारदेखि सुरु भएको महाधिवेशन सोमबार र मंगलबारसम्म गरी तीन दिनमा सम्पन्न गर्ने कार्यतालिका तय गरिएको थियो। उद्घाटन समारोह भने आइतबार नै सम्पन्न भएको थियो।

विज्ञापन

तर, प्रतिनिधि विवाद समाधानमा ढिलाइ भएपछि सोमबारका लागि तय गरिएको बन्दसत्र सुरु हुन सकेन। विवाद टुंग्याउन समय लागेकाले बन्दसत्र आजका लागि स्थगित गरिएको र मंगलबारदेखि मात्र सञ्चालन गरिने जनाइएको छ।

बन्दसत्रको कार्यक्रम पछाडि सरेसँगै समग्र महाधिवेशनको अवधि पनि एक दिन थप गर्नुपरेको प्रवक्ता झाले बताए।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka