Premier Cables
Premier Steel

राजनीति

रास्वपा र राप्रपाद्वारा प्रतिनिधि सभा बैठक बहिस्कार

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन २७, २०८२  | अपराह्न ३:२० बजे
Hamro Biratnagar Headlines

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि विरोध जनाउँदै बहिष्कार गरेका छन्। बैठक सुरू हुनेवित्तिकै रास्वपा र राप्रपाका सांसदहरू सिटबाट उठेर विरोध जनाएका छन्।

सभामुख देवराज घिमिरेले रास्वपा सांसद शिशिर खनाललाई बोल्न समय दिए। उनले दुई महिनादेखि भिजिट भिसाका नाममा मानव तस्करीका विरुद्ध उच्चस्तरीय स्वतन्त्र छानविन समितिको माग गर्दै गर्दा सरकार मौन रहेको बताए। संसदबाटै विपक्षीको आवाज निस्तेज गर्ने प्रयास भइरहेको उनको आरोप छ।

बिज्ञापन

उनले बोलिसकेपछि राप्रपाकी सांसद बिना लामाले भिजिट भिसा प्रकरणको छानविन गर्न सरकारले नचाहेको बताइन्। भिजिट भिसा प्रकरणमा जबसम्म उच्चस्तरीय छानविन समिति गठन हुँदैन तबसम्म संसदमा आफ्नो विरोध जारी रहने बताइन्।

त्यसपछि दुवै दलका सांसदहरूले संसद बैठक बहिष्कार गरे। संसद बैठक जारी छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka