काठमाडौँ । भारतीय विदेश मन्त्रालयले नेपाल–भारत सीमासम्बन्धी विवाद समाधानका लागि कुनै तेस्रो पक्ष वा मुलुकको भूमिका नरहेको स्पष्ट गरेको छ।
मंगलबार नयाँदिल्लीस्थित विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रणधिर जयसवालले नेपाल र भारतबीच रहेका सीमासम्बन्धी विषयहरू समाधान गर्न द्विपक्षीय संयन्त्रमार्फत प्रयास भइरहेको बताए।
बिज्ञापन
उनले नेपाल–भारतबीचका सबै द्विपक्षीय मुद्दा आपसी संवाद र सहमतिका आधारमा समाधान गरिने उल्लेख गर्दै यस प्रक्रियामा कुनै तेस्रो पक्षको संलग्नता नरहेको स्पष्ट पारे।
प्रवक्ता जयसवालले भने, “सीमासम्बन्धी समस्या समाधानका लागि हामीले द्विपक्षीय संयन्त्र स्थापना गरेका छौँ। भारत र नेपालबीच रहेका सबै द्विपक्षीय विषयमा कुनै तेस्रो पक्षको भूमिका छैन।”