Premier Cables
Premier Steel

समाचार

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ

Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ १९, २०८३  | बिहान ९:३५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले उनलाई पर्साको ठोरी गाउँपालिकाबाट बुधबार बिहान पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकका अनुसार सिंहलाई बिहान ६ः१५ बजे ठोरीबाट नियन्त्रणमा लिइएको हो।

बिज्ञापन

मेयर सिंहविरुद्ध यसअघि नै जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको थियो। अदालतले लिखतसम्बन्धी कसुरको मुद्दामा अनुसन्धानका लागि उनलाई पक्राउ गर्न आदेश दिएको प्रहरीले जनाएको छ।

पक्राउपछि सिंहलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka