Premier Cables
Premier Steel

समाचार

वीरगन्जमा कैदीको मृत्युपछि आफन्तको विरोध प्रदर्शन

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar मंगलबार, साउन २७, २०८२  | अपराह्न ३:३६ बजे

वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालमा उपचारका क्रममा एक कैदीको मृत्यु भएपछि उनका आफन्तजनले अस्पतालअगाडि विरोध प्रदर्शन गरेका छन्। मृतकको परिवारले प्रहरी र प्रशासनको लापरवाहीले कैदीको ज्यान गएको आरोप लगाएका छन्।

वीरगन्ज महानगरपालिका-२५ का २८ वर्षीय राहुल साह तुराहा मंगलबार बिहान १०:३० बजे नारायणी अस्पतालमा उपचारका क्रममा निधन भएका हुन्। उनी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई विगत पाँच वर्षदेखि वीरगन्ज कारागारमा सजाय भुक्तान गरिरहेका थिए।

बिज्ञापन

राहुलको मृत्युपछि आक्रोशित परिवारजन र आफन्तले अस्पतालअगाडि टायर बालेर प्रदर्शन गरेका थिए। उनीहरूले प्रहरी र प्रशासनविरुद्ध नाराबाजी गर्दै दोषीलाई कारबाहीको माग गरेका छन्।

नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार, बिहान ८:३० बजे गम्भीर अवस्थामा रहेका राहुललाई कारागार प्रशासनले अस्पतालको आकस्मिक कक्षमा ल्याएको थियो। त्यसबेला उनको मुखबाट रगतसहितको फिज निस्किरहेको थियो। अवस्था जटिल भएकाले डाक्टरले आईसियूमा राखेर उपचार गर्नुपर्ने बताए पनि शैया खाली थिएन।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ

विराटनगरमा विराट ट्रेड एक्स्पो : जेनजी आन्दोलनपछि व्यापार, कर र समसामयिक अर्थतन्त्रबारे बहस

Clock Iconशनिबार, पुष १२, २०८२

विराट ट्रेड एक्स्पोः शनिबार समसामयिक वातावरणमा व्यापार र कर संरचनामाथि छलफल

Clock Iconशनिबार, पुष १२, २०८२

विराट ट्रेड एक्स्पोमा प्रविधि बहसः साइबर सुरक्षादेखि एआई र डिजिटल व्यापारसम्म

Clock Iconशुक्रबार, पुष ११, २०८२

आर्थिक शिथिलताले ऋण प्रवाहमा समस्या

Clock Iconशुक्रबार, पुष ११, २०८२

विराट एक्स्पोमा आज सूचना प्रविधि, डिजिटल मार्केटिङ र साइबर सुरक्षामा छलफल

Clock Iconशुक्रबार, पुष ११, २०८२

विराट ट्रेड एक्स्पोमा थिमेटिक सेसनः महिला उद्यमीका ‘माई भ्वाइस, माई स्टोरी’ प्रस्तुत

Clock Iconबिहिबार, पुष १०, २०८२
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka