Premier Cables
Premier Steel

मौसम

दुई दिन हावाहुरी सहित वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, चैत्र ०६, २०८२  | बिहान ८:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । आज देशभर मौसम बदली भई हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण मौसम अस्थिर बनेको हो।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो अधिकांश स्थानमा बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा गण्डकी, लुम्बिनी र कोसी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। अन्य प्रदेशका थोरै स्थानमा पनि यस्तै मौसम रहने अनुमान गरिएको छ।

बिज्ञापन

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

रातिको समयमा पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीव्र हावाहुरी र वर्षाको सम्भावना रहेकाले अत्यावश्यक बाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

आजदेखि दाङ, नेपालगन्जलगायत लुम्बिनी प्रदेशका तराई क्षेत्र आसपासका जिल्लामा र भोलि पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा करिब ११९ किलोमिटर प्रतिघण्टासम्मको वेगमा हावाहुरी चल्न सक्ने प्राधिकरणले जनाएको छ।

प्रि–मनसुनको समय भएकाले हावाहुरीबाट रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने तथा विद्युत् र सञ्चार सेवा प्रभावित हुने जोखिम रहेको छ।

प्राधिकरणले हावाहुरीका बेला घरका झ्यालढोका मजबुत रूपमा बन्द गर्न, आगोका स्रोत सुरक्षित गर्न, सवारीसाधन चलाइरहेको अवस्थामा सुरक्षित स्थानमा रोकिन, भीडभाडमा नआत्तिन र सावधानीपूर्वक सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ।

त्यस्तै, कमजोर संरचना, अग्ला रुख, बिजुली र टेलिफोनका खम्बा तथा तारमुनि नबस्न, लत्रिएको बिजुलीको तार नछुन र जोखिमयुक्त स्थानमा नबस्न पनि सुझाव दिइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

बाढी–पहिरो प्रभावितका लागि ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी सहयोग

Clock Iconशुक्रबार, भाद्र १२, २०८३

बाढी–पहिरो प्रभावितका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा १ करोड सहयोग

Clock Iconशुक्रबार, भाद्र १२, २०८३

रसुवा बाढीपीडितका लागि शारदा र जाजु ग्रुपले ६० लाख बराबरको राहत

Clock Iconबिहिबार, भाद्र ११, २०८३

लेन्दे खोलाको बाढीले रसुवा नाकामा ठूलो क्षति, दुईवटा बजार तहसनहस

Clock Iconबुधबार, भाद्र १०, २०८३

भारतीय क्लेयरिङ एजेन्टको आन्दोलन फिर्ता: ५०० भन्दा बढी मालवाहक लरी नेपाल भित्रिने

Clock Iconमंगलबार, भाद्र ०९, २०८३

पांच सयभन्दा बढी मालबाहक ट्रक र कन्टेनर सीमापारिमै रोकिए, भन्सार जाँचपास पूर्ण अवरुद्ध

Clock Iconमंगलबार, भाद्र ०९, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka