नोट: यो समाचार १ महिना अघिको हो
विराटनगर । । आज दिउँसो कोशीदेखि लुम्बिनी प्रदेशसम्मका विभिन्न क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागले आज बिहान सूचना जारी गर्दै तीव्र हावाहुरीका कारण जनजीवन प्रभावित हुन सक्ने जनाएको हो।
हावाहुरीका कारण घरका छाना उड्ने, रुख तथा विद्युत्का पोल ढल्ने जोखिम रहेकाले आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।
विभागका अनुसार आज हावाहुरीको प्रभाव पर्ने सम्भावित जिल्लाहरू यसप्रकार छन्–
कोशी प्रदेश : झापा, मोरङ लगायत आसपासका जिल्ला ।
मधेश प्रदेश : बारा, पर्सा, सर्लाही र धनुषा लगायत आसपासका जिल्ला ।
बागमती प्रदेश : मकवानपुर र चितवन लगायत आसपासका जिल्ला ।
गण्डकी प्रदेश : नवलपुर र तनहुँ लगायत आसपासका जिल्ला ।
लुम्बिनी प्रदेश : रुपन्देही लगायत आसपासका जिल्ला ।


