Premier Cables
Premier Steel

कोशी प्रदेश

हावाहुरीले उदयपुरमा दुई जनाको मृत्यु

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, चैत्र ०३, २०८२  | बिहान ७:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

उदयपुर। आइतबार साँझ आएको हावाहुरीका कारण उदयपुरको कटारीमा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

मृत्यु हुनेमा कटारी नगरपालिका–८ थलीयाटारकी मिनामाया तामाङ र कटारी नगरपालिका–५ का ६४ वर्षीय वीरेन्द्र चौधरी रहेका छन्।

बिज्ञापन

इलाका प्रहरी कार्यालय कटारीका अनुसार कटारी–५ मा रहेको राधाकृष्ण मन्दिर नजिक टिनको छाना र काठले बनेको खाजा घरमाथि वर्षासँगै आएको हावाहुरीका कारण सुकेको सालको रुख ढल्दा चौधरीको घटनास्थलमै मृत्यु भएको हो।

सोही घटनामा रुखले किचेर पाँच जना घाइते भएका छन्। घाइते हुनेहरूमा ४ वर्षीया बिनिशा चौधरी, कटारी नगरपालिका–५ आहालेडाँडाका २७ वर्षीय युवराज कार्की, कटारी नगरपालिका–५ बलाहाका ४६ वर्षीय लीला बहादुर दनुवार, सोही स्थानका ४६ वर्षीय प्रेमचन्द्र दनुवार तथा कटारी नगरपालिका–१२ बसेरीकी १६ वर्षीया अस्मिता परियार रहेका छन्।

घाइते सबैको प्रादेशिक अस्पताल कटारीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

बाढी–पहिरो प्रभावितका लागि ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी सहयोग

Clock Iconशुक्रबार, भाद्र १२, २०८३

बाढी–पहिरो प्रभावितका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा १ करोड सहयोग

Clock Iconशुक्रबार, भाद्र १२, २०८३

रसुवा बाढीपीडितका लागि शारदा र जाजु ग्रुपले ६० लाख बराबरको राहत

Clock Iconबिहिबार, भाद्र ११, २०८३

लेन्दे खोलाको बाढीले रसुवा नाकामा ठूलो क्षति, दुईवटा बजार तहसनहस

Clock Iconबुधबार, भाद्र १०, २०८३

भारतीय क्लेयरिङ एजेन्टको आन्दोलन फिर्ता: ५०० भन्दा बढी मालवाहक लरी नेपाल भित्रिने

Clock Iconमंगलबार, भाद्र ०९, २०८३

पांच सयभन्दा बढी मालबाहक ट्रक र कन्टेनर सीमापारिमै रोकिए, भन्सार जाँचपास पूर्ण अवरुद्ध

Clock Iconमंगलबार, भाद्र ०९, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka