Premier Cables
Premier Steel

मौसम

कोशी प्रदेशमा हिमपात र वर्षाको सम्भावना

Calendar सोमबार, पुष २१, २०८२  | बिहान ७:१९ बजे

काठमाडौं । देशभर पश्चिमी वायुको प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशका उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

बिज्ञापन

तराईका धेरै स्थानमा हुस्सु लागेको छ ।

विभागका अनुसार तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ।

कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।

यस्तै, राति तराई भू–भागका धेरै स्थानमा हुस्सु रहनेछ ।

कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने बताइएको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka