Premier Cables

मौसम

उदयपुर र झापामा अति भारी वर्षा

Calendar आइतबार, साउन १८, २०८२  | बिहान ११:०६ बजे

विराटनगर । उदयपुरमा अति भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार उदयपुरको गाईघाट स्टेशनमा १३२ मिलिमिटर वर्षा मापन भएको । गत २४ घण्टायताको यो देशभरकै धेरै वर्षा हो ।

बिज्ञापन

लगातार ठूलो वर्षा भएपछि उदयपुरमा जलसतह पनि उल्लेख्य मात्रामा बढेको छ । त्रियुगा गाईघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार गाईघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनाले सावधानी अपनाउनसमेत विभागले आग्रह गरेको छ ।

२४ घण्टामा झापामा अनारमनी, चन्द्रगढी र केचनालगायत स्थानमा एक सय २९ मिलीमिटरसम्म वर्षा मापन गरिएको छ । कचनकवल, बारदशी, झापा, गौरीगञ्ज र कन्काई नगरपालिकाका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

यसैगरी, पर्वत जिल्लास्थित कालीगण्डकी नदी, मोदी बेनी जलमापन केन्द्रमा जलसतह तह सतर्कता तह आसपास रहेको तथा बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

*** समाप्त ***
Bagmati
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka