Premier Cables
Premier Steel

मौसम

मनसुनी वायुको प्रभाव कमजोर, वर्षाको सम्भावना घट्दो

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन ०८, २०८२  | बिहान ७:५० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर देखिएको छ, जसका कारण अधिकांश स्थानमा व्यापक वर्षा हुन सकेको छैन। तर, केही क्षेत्रमा भने हल्कादेखि भारी वर्षासम्मको सम्भावना अझै कायम रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, बिहीबार (साउन ८) को दिन कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ भने बाँकी प्रदेशहरूमा आंशिक बदलीको सम्भावना रहेको छ। यीमध्ये विशेष गरी पहाडी भूभागहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने देखिएको छ।

बिज्ञापन

मौसमविद् सरोज पुडासैनीका अनुसार, “काठमाडौंमा दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,” भने आजको तुलनामा भोलि अझ बढी स्थानमा वर्षा हुने प्रक्षेपण गरिएको छ। उनका अनुसार हाल मनसुनी वायु कमजोर रहेको छ तर आगामी २४ घण्टामा यसको प्रभाव केही बलियो हुने सम्भावना छ।

रातिको समयमा कोसी, मधेस र वाग्मती प्रदेशका साथै पहाडी क्षेत्रहरूमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने बताइएको छ। कोसी प्रदेशका पहाड तथा तराई भूभाग र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने विभागको अनुमान छ।

विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको तुलनामा दक्षिणतिर सरेको छ, जसले गर्दा मनसुन अपेक्षाकृत कमजोर बनेको हो। यही कारणले तराईका कतिपय स्थानहरू अझै पनि खडेरीको अवस्थामा छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

बाढी–पहिरो प्रभावितका लागि ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी सहयोग

Clock Iconशुक्रबार, भाद्र १२, २०८३

बाढी–पहिरो प्रभावितका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा १ करोड सहयोग

Clock Iconशुक्रबार, भाद्र १२, २०८३

रसुवा बाढीपीडितका लागि शारदा र जाजु ग्रुपले ६० लाख बराबरको राहत

Clock Iconबिहिबार, भाद्र ११, २०८३

लेन्दे खोलाको बाढीले रसुवा नाकामा ठूलो क्षति, दुईवटा बजार तहसनहस

Clock Iconबुधबार, भाद्र १०, २०८३

भारतीय क्लेयरिङ एजेन्टको आन्दोलन फिर्ता: ५०० भन्दा बढी मालवाहक लरी नेपाल भित्रिने

Clock Iconमंगलबार, भाद्र ०९, २०८३

पांच सयभन्दा बढी मालबाहक ट्रक र कन्टेनर सीमापारिमै रोकिए, भन्सार जाँचपास पूर्ण अवरुद्ध

Clock Iconमंगलबार, भाद्र ०९, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka