Premier Cables
Premier Steel

मौसम

मनसुनी वायुको प्रभाव कमजोर, वर्षाको सम्भावना घट्दो

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar बिहिबार, साउन ०८, २०८२  | बिहान ७:५० बजे

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर देखिएको छ, जसका कारण अधिकांश स्थानमा व्यापक वर्षा हुन सकेको छैन। तर, केही क्षेत्रमा भने हल्कादेखि भारी वर्षासम्मको सम्भावना अझै कायम रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, बिहीबार (साउन ८) को दिन कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ भने बाँकी प्रदेशहरूमा आंशिक बदलीको सम्भावना रहेको छ। यीमध्ये विशेष गरी पहाडी भूभागहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने देखिएको छ।

बिज्ञापन

मौसमविद् सरोज पुडासैनीका अनुसार, “काठमाडौंमा दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,” भने आजको तुलनामा भोलि अझ बढी स्थानमा वर्षा हुने प्रक्षेपण गरिएको छ। उनका अनुसार हाल मनसुनी वायु कमजोर रहेको छ तर आगामी २४ घण्टामा यसको प्रभाव केही बलियो हुने सम्भावना छ।

रातिको समयमा कोसी, मधेस र वाग्मती प्रदेशका साथै पहाडी क्षेत्रहरूमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने बताइएको छ। कोसी प्रदेशका पहाड तथा तराई भूभाग र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने विभागको अनुमान छ।

विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको तुलनामा दक्षिणतिर सरेको छ, जसले गर्दा मनसुन अपेक्षाकृत कमजोर बनेको हो। यही कारणले तराईका कतिपय स्थानहरू अझै पनि खडेरीको अवस्थामा छन्।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka