Premier Cables
Premier Steel

विराटनगर

हाम्रो विराटनगर र सयपत्री कनेक्टबीच सहकार्य

Calendar सोमबार, पुष ०७, २०८२  | बिहान ११:१६ बजे

विराटनगर । हाम्रो विराटनगर डटकम र सयपत्री ग्रुप प्रा.लिंबीच सहकार्य भएको छ ।

हाम्रो विराटनगरका तर्फबाट क्रिसेन्ट मिडिया प्रा.लिंका अध्यक्ष राहुल सोनी र सयपत्रीका श्यामकृष्ण गुप्ताले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । सयपत्री स्पोन्सर र इभेन्ट आयोजकलाई जोड्ने डिजिटल प्लेटफर्म हो ।

बिज्ञापन

सयपत्री कनेक्ट नेपालमा स्पोन्सर र इभेन्ट आयोजकबीच सहकार्य गराउने गर्दछ ।

नेपालमा स्पोन्सरसीप क्षेत्रमा देखिएका अव्यवस्था, अपारदर्शिता र अवसरको अभाव समाधान गर्नु यसको मुख्य उद्देश्य रहेको संचालक श्यामकृष्ण गुप्ताले बताए ।

उनका अनुसार अहिले धेरै अफलाइन र अनलाइन प्रस्तावहरू हुँदा विश्लेषण गर्न समय नपाइनु, ब्रान्ड प्रवर्द्धनका लागि सही ठाउँ छान्न कठिनाइ,आफन्त र चिनजानको दबाबमा गलत लगानी हुन जानु, लगानीको उचित प्रतिफल नदेखिनु, बारम्बार आउने फोन कलले व्यक्तिगत र व्यावसायिक समय प्रभावित हुनु, महत्वहीन प्रस्तावहरू अध्ययन गर्न धेरै समय खेर जानु, जानकारीको अभावले राम्रो स्पोन्सरशिप अवसर गुम्नु, स्पोन्सरको क्षेत्रसँग मेल नखाने कार्यक्रमहरू, भौगोलिक अवरोध, सीमित र असंगठित विज्ञापनको समस्या रहेको अवस्थामा सयपत्रीले पुलको काम गर्दछ ।

इभेन्ट आयोजकहरूले भोगिरहेका समस्याहरूले पनि विविध समस्या भोग्नु पर्ने अवस्था रहिआएको छ । घाम, जाडो, वर्षा नभनी कार्यालय–कार्यालय धाउनुपर्ने।
धेरै समय र पैसा खर्च हुनु, बारम्बार भेटघाट गर्दा पनि निश्चित स्पोन्सर नपाइनु, स्पोन्सरको चिन्ताले कार्यक्रम व्यवस्थापनमा ध्यान दिन नसक्नु, राम्रो विचार भए पनि आर्थिक स्रोत नहुँदा कार्यान्वयन गर्न नसक्नु, नेटवर्कको अभाव र एउटै स्पोन्सरका लागि पटक–पटक धाउनुपर्ने झन्झट रहिआएको छ ।

सयपत्रीले स्पोन्सर र इभेन्ट आयोजकलाई जोड्ने केन्द्रीय डिजिटल प्लेटफर्ममार्फत जोड्ने कार्य गर्दछ ।

उनले भने,‘‘हाम्रो पोर्टलमा आयोजक र स्पोन्सरहरुले वैध रुपमा जोडिन सक्नुहुन्छ । अनलाइनमै एडमिनद्वारा २४ घण्टाभित्र प्रमाणीकरण भएपछि आयोजकहरूले आफ्ना कार्यक्रम प्लेटफर्ममा प्रकाशित गर्न सक्छन् ।’’ व्यवसायी र स्पोन्सरहरूले पनि दर्तापछि कार्यक्रमहरू ब्राउज गरी स्पोन्सर गर्न सक्ने उनले बताए ।

स्पोन्सर गर्ने निर्णय पूर्ण रूपमा स्पोन्सरको स्वतन्त्र छनोटमा आधारित हुने गुप्ताले बाए । स्पोन्सरका लागि प्लेटफर्म प्रयोग पूर्ण रूपमा निःशुल्क रहेको बताइएको छ ।

सयपत्री कनेक्टमा विद्यार्थी संघ–संस्था, नागरिक समाज,फाउन्डेसनहरू, क्लबहरू दर्ता प्राप्त समूह तथा संगठनहरू जोडिन सक्नेछन् ।

प्रविधि सम्बन्धी कार्यक्रमहरू, संगीत महोत्सव,सांस्कृतिक कार्यक्रमहरू,खेलकुद लिग तथा प्रतियोगिताहरू,प्रविधि सम्मेलन ,व्यवसायिक सम्मेलन,स्वास्थ्य सम्मेलन, प्रदर्शनी तथा एक्स्पो,प्रचार–प्रसार तथा प्रमोशनल कार्यक्रमहरू, जलवायु परिवर्तनसम्बन्धी सामाजिक अभियानवातावरण संरक्षण अभियान, बालबालिका कल्याण कार्यक्रम, महिला सशक्तिकरण अभियान, लागूऔषधविरुद्ध अभियान,मानव बेचबिखनविरुद्ध अभियान

आदि कार्यक्रममा सयपत्रीको प्लेटफर्म उचित हुने बताइएको छ । यसबाट देशभरिका प्रमाणित कार्यक्रमहरूमा सजिलै पहुँच हुने, भौगोलिक सीमाबिना जहाँसुकै कार्यक्रम स्पोन्सर गर्न सकिने, ब्रान्ड इमेज र पहिचान मजबुत बनाउने अवसर प्राप्त हुने साथै सयपत्री कनेक्टसँग सहकार्यमा रहेका मिडियामार्फत प्रचार प्रसार हुने गुप्ताले बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka