Premier Cables
Premier Steel

समाचार

जहदा महोत्सवमा कुटाकुट, दर्शकसमेत घाइते

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, कार्तिक ०५, २०८२  | अपराह्न १:१७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सुरक्षा निकायको स्पष्ट असहमति र सुझाव बेवास्ता गर्दै सञ्चालन गरिएको जहदा–४, रामचोकस्थित प्रथम जहाँदा महोत्सवमा झडप भएको छ।

मङ्गलबार राति करिब १२:३० बजे आयोजकहरूबीच कुटाकुट हुँदा एक व्यक्ति घाइते भएका हुन्।

बिज्ञापन

घाइते भएका व्यक्ति कटरी–४ निवासी ३५ वर्षीय अनिल कुमार सहनी हुन्। उनको टाउकोमा गम्भीर चोट लागेको छ र हाल उनी कोशी अस्पतालमा उपचाररत छन्। भागदौडका क्रममा केही दर्शक समेत घाइते भएका छन् ।

यसअघि असोज २६ गते मोरङको लेटाङ महोत्सव जुवाजन्य क्रियाकलाप, मदिरा सेवन र झगडाका कारण स्थगित गरिएको थियो। त्यस घटनाबाट केही दिनमै असोज ३० देखि कार्तिक १३ गतेसम्म जहदामा मेला सञ्चालन गरिएको हो। सुरक्षा निकायले पछिल्ला घटनालाई ध्यानमा राख्दै जहदा महोत्सव नगर्न स्पष्ट सिफारिस गरेको थियो।

तर स्थानीय तहका जनप्रतिनिधिको दबाबमा मोरङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) इन्द्रदेव यादवले मेला सञ्चालनको सिफारिस दिएका थिए। जहदा गाउँपालिका अध्यक्ष जितेन्द्र प्रसाद साह र प्रमुख प्रशासकीय अधिकृतको पत्रका आधारमा मेला स्वीकृत गरिएको प्रजिअ यादवले दाबी गरेका छन्।

उनका अनुसार, आयोजकले सम्पूर्ण स्वास्थ्य बीमा व्यवस्था गरेपछि मात्रै सिफारिस गरिएको हो र कुनै राजनीतिक वा व्यक्तिगत दबाब नपरेको उनले बताए।

झडपपछि प्रशासनले तत्काल मेला बन्द गर्न निर्देशन दिएको छ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार, झडप मेला सकिएपछि आयोजकहरूबीच मदिरा सेवनपछि भएको थियो। शान्ति सुरक्षा व्यवस्था भए पनि विवाद नियन्त्रणभन्दा बाहिर गएको उनले बताए।

हाल घटनाको अनुसन्धान जारी रहेको जानकारी उनले दिएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka