Premier Cables
Premier Steel

राष्ट्रिय

मोरङको जहदामा जोडियो बहुप्रकोपजन्य साइरन, कुन अंक थिच्दा के संकेत गर्छ?

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज ०९, २०८२  | साँझ ७:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर ।‌ सम्भावित बहुप्रकोपजन्य घटनाहरूको पूर्व जानकारी दिनका लागि मोरङको जहदा गाउँपालिका वडा नम्बर ७ मा बहुप्रकोपजन्य साइरन सञ्चालनमा ल्याइएको छ।

जहदा गाउँपालिकाका सात वटा वडामध्ये वडा नम्बर १, २ र ७ हरेक वर्ष बाढी र डुबानबाट क्षतिग्रस्त हुँदै आएका छन्। जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी मोरङ र गाउँपालिकाको सहकार्यमा यो साइरन जडान गरिएको हो।

बिज्ञापन

पूर्व तयारी तथा पूर्व अनुमान समावेशीद्धारा विपद प्रभाव न्यूनीकरण कार्यक्रमका संयोजक तेज श्रेष्ठका अनुसार, लेटाङ नगरपालिकासँग समन्वय गरी लोहन्द्रा खोलाको शिरमा वर्षा मापन केन्द्र राखिएको छ।

त्यहाँ २४ घण्टामा २०० मिलिलिटरभन्दा बढी वर्षा भएमा खोलामा बाढी आउने सम्भावना हुने जानकारी दिँदै श्रेष्ठले रामचौकमा राखिएको रिभर स्टेशनमार्फत खोलाको बहाव बढेपछि साइरन स्वतः बज्ने व्यवस्था गरिएको बताए।

उक्त साइरनमा १० वटा संकेत अंक राखिएको छ, जसले फरक-फरक विपदका सूचना दिन्छ। उदाहरणस्वरूप, १ नम्बर थिचेमा बाढी आउन लागेको सूचना दिइन्छ भने, २ नम्बर थिचेमा आगलागीको सूचना र सहयोगको आग्रह गरिन्छ। यस्तै, ३ नम्बर थिचेमा चट्याङको सम्भावनाबारे चेतावनी दिइन्छ।

कार्यक्रमको उद्घाटन गर्दै मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले साइरन जडानले विपदबाट हुने जोखिम न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साह र उपाध्यक्ष हन्ना सोरेनले प्रत्येक वर्ष बाढी, डुबान, सर्पदंश, आगलागी लगायतका घटनाले गाउँमा ठूलो क्षति हुने गरेको भन्दै अब साइरन प्रणालीबाट समयमै सूचना प्राप्त हुने भएकाले जनधनको क्षति कम हुने अपेक्षा व्यक्त गरे।

नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाका सभापति सुकदेव मण्डलले रेडी प्रोग्रामअन्तर्गत साइरन जडान गरिएको जानकारी दिँदै, अन्य जोखिमयुक्त स्थानहरूमा पनि यस्ता साइरन राख्ने योजना रहेको बताए। रेडी प्रोग्रामले जहदा गाउँपालिकामा तटबन्धन निर्माणदेखि विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

साइरनको स्थापना संगै जहदा गाउँपालिकाका बासिन्दा विशेषगरी वडा नम्बर १, २ र ७ का नागरिकहरूलाई विपद सम्बन्धी जानकारी समयमै मिल्ने व्यवस्था भएको छ।

लामो समयदेखि लोहन्द्रा खोलाको बाढीबाट पीडित स्थानीयहरू अब समयमै सतर्क भई सुरक्षा अपनाउन सक्षम हुने विश्वास लिइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka