Premier Cables

विराटनगर

जहदामा विपद् स्वयंसेवक परिचालन तालिम

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, कार्तिक २८, २०८२  | बिहान १०:०६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशको मोरङ जिल्लामा कार्तिक २२ गतेदेखि सुरु भएको विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम अन्तर्गत जहदा गाउँपालिका-७ सिर्सियामा एक व्यवहारिक अभ्यास सम्पन्न भएको छ।

यस अभ्यासमा प्रशिक्षार्थीहरुलाई आगलागी नियन्त्रण र पानीमा डुबेका व्यक्तिको उद्धार गर्ने तरिकाबारे व्यावहारिक प्रशिक्षण दिइएको थियो।

विज्ञापन

सात दिनको तालिममा मोरङ जिल्लाका विभिन्न स्थानीय तहका नगर प्रहरी, विपद् सम्पर्क व्यक्ति, कर्मचारी, जिल्ला आपत्कालीन कार्यसंचालन केन्द्रका कर्मचारी, जिल्ला प्रशासन कार्यालयका विपद् सम्बन्धी कर्मचारीहरू र स्थानीय स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो।

यस तालिमको आयोजना राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जिल्ला प्रशासन कार्यालय, मोरङको समन्वयमा र नेपाल रेडक्रस सोसाइटी मोरङको सहयोगमा गरिएको हो।

तालिमको उद्देश्य विपद्का अवस्थामा प्रभावकारी प्रतिक्रिया दिन सक्षम स्वयंसेवकहरूको एक सशक्त सञ्जाल तयार गर्नु रहेको प्रशिक्षकहरूले बताएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka