Premier Cables
Premier Steel

खेलकुद

आईसीसी विश्वकप छनोटको प्लेअफ नेपालमा आयोजना हुने

Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक ०६, २०८३  | बिहान १०:४७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । आईसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकप छनोटको प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ तारिखसम्म काठमाडौंमा सञ्चालन हुनेछ।

विज्ञापन

प्रतियोगितामा आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अंकतालिकामा अन्तिम स्थानमा रहने चार टोली तथा च्यालेन्ज लिग ‘ए’ र ‘बी’का शीर्ष स्थान हासिल गर्ने दुई–दुई टोली गरी कुल आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष चार स्थान हासिल गर्ने टोलीले सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने आईसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्रतियोगिता (क्वालिफायर्स) मा स्थान सुरक्षित गर्नेछन्।

नेपालमा आयोजना हुने यस प्रतियोगिताले नेपाली क्रिकेट समर्थकलाई अन्तर्राष्ट्रिय स्तरका टोलीको प्रतिस्पर्धा प्रत्यक्ष हेर्ने अवसर प्रदान गर्नेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka