नोट: यो समाचार १ महिना अघिको हो
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालले मोरङमा अवस्थित सरकारी कार्यालय र निजी सम्पत्तिमा आगजनी गर्नेहरुको विवरण संकलन भइसकेको बताएका छन् ।
कार्यभार सम्हालेपछि आज विराटनगरका पत्रकारहरु संगको चिनजान तथा अन्तरक्रिया कार्यक्रममा एसपी कटवालले प्रहरी संयन्त्र तथा सर्वसाधारणले दिएको सूचनाका आधारमा विवरण संकलन भइसकेको बताए ।
उनले भने,”आगजनी र तोडफोडमा संलग्नहरुको विवरण अझै भए उपलब्ध गराउन म आग्रह पनि गर्दछु ।” उनले संचार जगतसंग प्रहरी सहकार्य गर्न सदैव तत्पर रहेको बताए ।
तथ्यमा आधारित सूचना सम्प्रेषण गर्न सहकार्य हुनुपर्नेमा उनको जोड थियो । एसपी कटवालले मिसइन फरमेसनका विषयमा चनाखो हुनुपर्ने बताए ।
सिमापार तस्करी नियन्त्रण गर्न आफ्नो कार्यकालमा सशक्त ढंगले काम गर्ने कटवालले बताए ।
