Premier Cables
Premier Steel

विराटनगर

प्रनानि खड्का जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, असार ०७, २०८२  | बिहान ९:३७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय हरैचा, मोरङमा कार्यरत प्रहरी नायव निरीक्षक निरबहादुर खड्कालाई २०८२ साल जेठ “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषित गरेको छ ।

विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी नायव निरीक्षक खड्काले जेठ २० गते मोरङको ग्रामथान गाउँपालिका -७ बाट बेवारिसे अवस्थामा टाटा सुमो गाडीमा शंका लागि चेकजाँच गर्ने क्रममा २ जना मानिस र ३ सय ४७ किलोग्राम १ सय १० ग्राम गाँजा समेत नियन्त्रणमा लिन सफल भएका थिए ।

बिज्ञापन

‌साथै फैसला कार्यान्वयन अन्तर्गत कर्तव्य ज्यान मुद्धामा ५ वर्ष कैद फैसला भई फरार रहेका ब्यक्ति र विभिन्न मुद्धामा २० लाख ८२ हजार ८ सय रुपैया जरिवाना तोकिएका १४ जना फरार प्रतिवादीहरुलाई कानूनी दायरामा ल्याउन सफल भएका थिए ।

साथै जेठ २४ गते देखी हराएकी मोरङको ग्रामथान गाउँपालिका -७ की ८९ वर्षीया तिलमाया खड्काको खोजतलासको क्रममा ग्रामथान-६ स्थित सुनसरी मोरङ सिचाई परियोजनाको नहरमा डुबेको अवस्थामा लाश फेला पारी प्रारम्भिक अनुसन्धान गर्ने क्रममा सोही एरियाको एक घरभित्र मृतकले कानमा लगाएका सुनका गहना माटोमुनी गाडेको अवस्थामा फेला पारी थप अनुसन्धानका लागि शंकित व्यक्तिलाई समेत नियन्त्रणमा लिएका थिए।

कानूनी दायरामा ल्याउन सफल भएको हुँदा प्रहरी नायव निरीक्षकबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८२ साल जेठ “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषित गरिएको जनाइएको छ ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka