Premier Cables
Premier Steel

कोशी प्रदेश

मोरङको लेटाङ क्षेत्र अब प्रहरीको ड्रोन निगरानीमा

Hamro Biratnagar News Channel Calendar शनिबार, बैशाख १२, २०८३  | बिहान ९:१८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ जिल्लाको लेटाङ नगरपालिकास्थित इलाका प्रहरी कार्यालय लेटाङमा ड्रोन क्यामेराबाट प्रहरीले निगरानी रहने छ । शान्ति सुरक्षा र निगरानी गर्न औपचारिक रूपमा ड्रोन क्यामेरा उद्घाटन सम्पन्न भएको छ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो।

बिज्ञापन

उक्त अवसरमा पूर्वी पृतना लेटाङ शिक्षालयका प्रमुख सेनानी सरोज कार्की, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कबित कटवाल, प्रदेश प्रहरी गण विराटनगरका प्रहरी उपरीक्षक रुकेश तण्डुकार, स्थानीय जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रहरी सेवामा प्रविधिमैत्री प्रणालीको प्रयोगलाई जोड दिँदै लेटाङ क्षेत्रमा शान्ति सुरक्षालाई अझ प्रभावकारी बनाउने उद्देश्यले ड्रोन क्यामेरा प्रयोगमा ल्याइएको जनाइएको छ। बढ्दो जटिल अपराध नियन्त्रणमा आधुनिक प्रविधिको उपयोगले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka