Premier Cables
Premier Steel

राष्ट्रिय

मुग्लिन-नारायणगढ सडकको सट्टा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, असोज ०४, २०८२  | बिहान ८:३७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं। मुग्लिन–नारायणगढ सडकखण्डमा पुनः ठूलो पहिरो गएको छ।

तुइन खोलाछेउमा स्थित मुग्लिन नजिकै ठूलो पहिरो खस्दा उक्त सडक खण्डमा यातायात अवरुद्ध भएको छ। पहिरो हटाउने काम जारी रहेको जानकारी सडक डिभिजन कार्यालय भरतपुरले दिएको छ।

बिज्ञापन

हिजो साँझ सवा ७ बजेदेखि पहिरो झरेको कारण उक्त सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ। १४ घण्टादेखि सवारी आवागमन दुवैतर्फ ठप्प रहेको छ।

तथापि, पहिरो हटाउने कार्य शुरु भएको कार्यालयले जनाएको छ। “सुरक्षाको दृष्टिकोणले पहिरो झर्ने क्रम रोकिएपछि सवारी आवागमन सुचारू गरिनेछ,” भनिएको छ।

आजका लागि यात्रा गर्न सक्नेहरूले वैकल्पिक मार्ग प्रयोग गर्न कार्यालयले आग्रह गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka