Premier Cables
Premier Steel

राष्ट्रिय

नेताका छोराछोरीको एशो-आराम खोतल्दै ‘जेनजी’ पुस्ता, टिकटकमा चल्यो ‘ट्रेन्डिङ’

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र २२, २०८२  | बिहान ८:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि सर्वसाधारणमा तीव्र आक्रोश फैलिएको छ।

यस्तै परिस्थितिमा, युवा पुस्ताले नेताहरूका सन्तानहरूको विलासी जीवनशैली सार्वजनिक गर्दै सामाजिक सञ्जालमार्फत भ्रष्टाचारविरुद्ध अभियान सुरु गरेका छन्।

बिज्ञापन

विशेष गरी टिकटकजस्ता प्लेटफर्महरू प्रयोग गरेर सञ्चालन गरिएको यस अभियानमा नेताहरू, पूर्वप्रधानन्यायाधीश, पूर्वप्रहरी प्रमुखलगायतका प्रभावशाली व्यक्तिहरूका सन्तानले भोगिरहेको महँगो जीवनशैलीलाई उदांगो पारिएको छ।

उनीहरूले जनताको करको पैसा दुरुपयोग भएको आरोप लगाउँदै सशक्त सन्देश प्रवाह गरिरहेका छन्।

यो अभियानमा कलाकारहरू र कन्टेन्ट क्रिएटरहरूले पनि खुलेर साथ दिएका छन्। अभियानमा संलग्न युवाहरूले काठमाडौंको माइतीघर मण्डला र नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि सोमबार विशाल प्रदर्शनको तयारी गरेका छन्।

‘जेनजी’ पुस्ताको अगुवाइमा गरिएको यो आन्दोलन ‘भ्रष्टाचारको अन्त्य र सुरक्षित भविष्य’ भन्ने नारामा केन्द्रित छ।

सरकारको निर्णयविरुद्ध बढ्दो जनआक्रोश र युवाहरूको यो अभियानले राजनीतिक तहमा समेत तरंग ल्याउने संकेत देखिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka