Premier Cables

कोशी प्रदेश

कांग्रेस मोरङ-६ अधिवेशनमा वडाध्यक्ष सन्तोष लिङ्देनको नेतृत्वमा कुटपिट !

Hamro Biratnagar News Channel Calendar बुधबार, असोज १४, २०८३  | अपराह्न २:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनका क्रममा कुटपिट भएको छ । सुन्दरहरैंचा नगरपालिकामा क्षेत्रीय पदाधिकारी चयनका क्रममा विवाद बढेपछि कुटपिट भएको हो ।

कुटपिटमा क्षेत्रीय सभापति पदका उम्मेदवार चुमनारायण तवदार, महाधिवेशन प्रतिनिधि उमेदवार चेतराज रेग्मीलगायतका नेता घाइते भएका छन् । उनीहरूको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

विज्ञापन

घटनामा सुन्दरहरैंचा नगरपालिकाका वडाध्यक्ष सन्तोष लिङ्देनको नेतृत्वमा आएको समूह संलग्न रहेको आरोप लगाइएको छ । प्रत्यक्षदर्शीका अनुसार उक्त समूहले घरेलु हतियारसहित कुटपिट गरेको थियो । घटनामा रडलगायतका सामग्री प्रयोग भएको बताइएको छ ।

सुन्दरहरैंचाको सिग्देल बन्धु प्रतिष्ठानमा क्षेत्रीय अधिवेशनअन्तर्गत पदाधिकारी चयनको तयारी भइरहेका बेला विवाद सुरु भएको थियो । विवाद चर्किएपछि दुई पक्षबीच हात हालाहाल भएको हो ।

कांग्रेस सहमहामन्त्री डिला संग्रौलाले आफूले अधिवेशनका लागि बोलाएको कार्यक्रममा नै कुटपिट हुनु दुःखद भएको बताएकी छन् । उनले घटनाबारे पार्टीले छानबिन गर्ने बताइन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka