Premier Cables

राष्ट्रिय

सूचीकरण प्रक्रिया अघि बढाउँदै एक्स, हाम्रोपात्रो र वीच्याट

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र २०, २०८२  | अपराह्न १:०६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल सरकारले सूचीकरणमा नरहेका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेपछि प्रमुख प्लेटफर्महरू सूचीकरण प्रक्रियामा सक्रिय बन्दै गएका छन्।

एक्स (पूर्व ट्विटर), हाम्रोपात्रो र वीच्याट ले सूचना तथा प्रसारण मन्त्रालयसँग सम्पर्क गरी दर्ता प्रक्रिया अघि बढाएका छन्।

विज्ञापन

मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार,

एक्सले आवश्यक कागजातबारे जानकारी मागेको,

हाम्रोपात्रो प्रक्रिया सुरु गरेर सक्रिय रूपमा काम गरिरहेको र

वीच्याटले नेपालमा प्रतिनिधि नै पठाएको जानकारी दिएका छन्।

सरकारले हालै सामाजिक सञ्जालको दर्ता, नियमन र निगरानीलाई प्रभावकारी बनाउने उद्देश्यले सूचीकरण अनिवार्य गरेको थियो। सूचीकृत नभएका प्लेटफर्महरूलाई नेपालमा प्रतिबन्ध लगाउने तयारी भइरहेको छ।

प्रवक्ता ठाकुरका अनुसार, अन्य सामाजिक सञ्जालहरूसँग पनि सम्पर्कमा रहेका छन् र सूचीकरणको प्रक्रियालाई सहज र पारदर्शी बनाउने प्रयास जारी छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka