Premier Cables

अन्तराष्ट्रिय

कक्रोच पार्टीको ‘जेल भरो आन्दोलन’ को अन्तर्य के हो ?

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज १३, २०८३  | अपराह्न ३:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । भारतको ककरोच जनता पार्टी (सीजेपी) ले आगामी अक्टोबर २ अर्थात् गान्धी जयन्तीका दिन मुम्बईमा ‘जेल भरो आन्दोलन’ गर्ने घोषणा गरेको छ ।

सीजेपीका संस्थापक अभिजीत दीपकेले मुम्बईको शिवाजी पार्कबाट आन्दोलन सुरु गर्ने घोषणा गरेका हुन् । यसअघि सीजेपीले अक्टोबर २ मा शिवाजी पार्कमा प्रदर्शन गर्न मुम्बई प्रहरीसँग अनुमति मागेको थियो । तर प्रहरीले अनुमति अस्वीकार गरेपछि दीपकेले सामाजिक सञ्जाल एक्समार्फत ‘जेल भरो आन्दोलन’ घोषणा गरेका हुन् ।

विज्ञापन

मुम्बई प्रहरीले भने शिवाजी पार्कमा सभा तथा प्रदर्शनका लागि अनुमति दिन आफूहरू अधिकारप्राप्त नभएको जनाएको छ । प्रहरीले बम्बे उच्च अदालतको २०१३ को आदेश तथा त्यसपछि महाराष्ट्र सरकारले जारी गरेको आदेशलाई आधार बनाएको छ । शिवाजी पार्कमा सभा गर्दा ट्राफिक, ध्वनि प्रदूषण र स्थानीय बासिन्दालाई पर्ने असरसमेतलाई प्रहरीले कारणका रूपमा उल्लेख गरेको छ ।

प्रहरीको निर्णयपछि दीपकेले प्रदर्शनको अनुमति नदिइएको भन्दै आपत्ति जनाएका छन् । उनले पूर्वनिर्धारित मितिमै आन्दोलन गर्ने बताएका छन् । सीजेपीले यसअघि मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामासहित निर्वाचन प्रक्रियासँग सम्बन्धित विभिन्न माग अघि सारेको थियो ।

सीजेपीको आन्दोलनको मुख्य विषय भारतको निर्वाचन आयोगले सञ्चालन गरिरहेको ‘स्पेसल इन्टेन्सिभ रिभिजन’ (एसआईआर) प्रक्रिया हो । ‘द इन्डियन एक्सप्रेस’को अनुसन्धानात्मक रिपोर्टअनुसार एसआईआरका क्रममा ३० राज्य तथा केन्द्र शासित प्रदेशका मस्यौदा मतदाता सूचीबाट १३ करोडभन्दा बढी नाम हटाइएको उल्लेख छ । निर्वाचन आयुक्तद्वय सुखवीर सिंह सन्धु र विवेक जोशीले आयोगका केही निर्णयप्रति पटक–पटक लिखित आपत्ति जनाएको पनि उक्त रिपोर्टमा उल्लेख छ ।

सीजेपीले यही विषयलाई लिएर मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै आएको छ । पार्टीले एसआईआर प्रक्रिया रोक्न र पुरानो मतदाता सूची पुनःस्थापित गर्नुपर्ने लगायतका माग अघि सारेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यसैबीच, निर्वाचन आयोगले भने आफूले गरेका निर्णयहरू कानुनअनुसार रहेको बताउँदै आएको छ । आयोगभित्र निर्णय प्रक्रियालाई लिएर मतभेद भएको दाबी सार्वजनिक भए पनि आयोगले निर्णयहरू सर्वसम्मत रूपमा भएको बताएको रिपोर्टहरूमा उल्लेख छ ।

प्रहरीले शिवाजी पार्कमा प्रदर्शनको अनुमति नदिएपछि सीजेपीले अक्टोबर २ मा समर्थकहरूलाई गिरफ्तारी दिनेसहितको आन्दोलन गर्ने घोषणा गरेको हो । पछिल्लो जानकारीअनुसार शिवाजी पार्क प्रयोगका लागि मुम्बई महानगरपालिकाको अनुमति पनि प्राप्त भएको छैन ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka