Premier Cables

शेयर बजार

दोहोरो अङ्कले घट्यो शेयर बजार

Hamro Biratnagar News Channel Calendar सोमबार, असोज १२, २०८३  | अपराह्न ३:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ । सोमबार सेयर बजार १६.४७ अंक घटेर २६१३.३३ विन्दुमा रोकिएको छ । यो ०.६२ प्रतिशतको गिरावट हो । आज कारोबार भने ५ अर्ब नाघेको छ ।

सोमबार कूल ३ सय ५७ धितोपत्रको ५८ हजार ५ सय वटा कारोबारबाट १ करोड ३१ लाख ७८ हजार १ सय २८ कित्ता सेयर किनबेच भयो । जसबाट कुल ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार ४ सय १४ रुपैयाँ बराबर कारोबार भएको छ ।

विज्ञापन

आज व्यापारबाहेक सबै उपसूचकको मूल्य घट्यो । जसको प्रभाव समग्र बजारमा देखिएको छ । आज सबैभन्दा धेरै निर्जीवन बीमाका लगानीकर्ताले १.२० प्रतिशतले घाटा बेहोरेका छन् ।

सोमबार केबीएल डिभेन्चरको मूल्य सर्वाधिक १२.१७ प्रतिशतले बढ्यो । लक्ष्मी सनराइज डिभेन्चरको मूल्य १० प्रतिशतले वृद्धि भयो । प्राइम बैंक डिभेन्चरको मूलय ८.८३ प्रतिशतले बढ्यो ।

हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको मूल्य सबैभन्दा धेरै १०.५८ प्रतिशतले घट्यो ।

यसबाहेक इमर्जिङ नेपाल लिमिटेड, ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड,धाैलागिरि लघुवित्त वित्तीय संस्था लगायत धितोपत्रको मूल्य समेत धेरैले घटेको छ । आज हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै रकम कारोबार भयो । हाथवेको सबैभन्दा धेरै वटा कारोबार भए ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka