Premier Cables
Premier Steel

राष्ट्रिय

अमेरिकाबाट१९ नेपाली त्रिभुवन विमानस्थलमा ल्याएर छाडियो

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र २०, २०८२  | बिहान ९:३६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं ।अमेरिका सरकारले अध्यागमन नियम उल्लंघन गरेको आरोपमा १९ जना नेपाली नागरिकलाई डिपोर्ट गरी बिहीबार साँझ काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइपुर्‍याएको छ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अनुसार डिपोर्ट गरिएकामध्ये १७ पुरुष र २ महिला रहेका छन्। उनीहरूलाई अमेरिकाबाट चार्टर्ड विमानमार्फत नेपाल ल्याइएको हो।

बिज्ञापन

अध्यागमन कार्यालयका वरिष्ठ अधिकारी अन्जन न्यौपानेका अनुसार उनीहरूलाई विमानस्थलमा अध्यागमन प्रक्रियापछि मानव बेचबिखन अनुसन्धान ब्यूरोको जिम्मा दिइएको छ।

न्यौपानेका अनुसार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पुनः सत्ता पुगेपछि हालसम्म २३४ जना नेपालीलाई अमेरिकाबाट डिपोर्ट गरिएको छ।

यसपटक डिपोर्ट गरिएका एकजना विद्यार्थी मादक पदार्थ सेवन गरेर सवारी चलाएको अभियोगमा फिर्ता गरिएका हुन् भने अर्को एक जना लायन्स क्लबको कार्यक्रममा सहभागी हुन पुगेका थिए। उनी कार्यक्रममा सहभागी भएको भिसाको दुरुपयोग गर्दै अवैधानिक रूपमा बसेको र त्यहाँको कानुन उल्लंघन गरेको आरोप लागेको छ।

यसअघि डिपोर्टको तयारीमा रहेका ३७ जना नेपालीमध्ये १९ जनालाई मात्रै यसपटक ल्याइएको जनाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa