Premier Cables

अन्तराष्ट्रिय

अमेरिकाबाट अपाचे-६४ ई हेलिकप्टर खरिद गर्दै भारत, के छन् विशेषता ?

Calendar बिहिबार, असार १९, २०८२  | बिहान ११:२८ बजे

नयाँ दिल्ली । भारत र अमेरिकाबीच उच्चस्तरीय रक्षा सहकार्य अन्तर्गत अमेरिकी अपाचे एएच–६४ई आक्रमणकारी हेलिकप्टरको पहिलो समूह आगामी दुई हप्ताभित्र भारतमा आइपुग्ने भएको छ।

भारतको रक्षा मन्त्रालयका एक उच्च स्रोतका अनुसार, जुलाई १५ भित्र तीनवटा अपाचे हेलिकप्टर भारतमा आउनेछन् भने अर्को तीनवटा नोभेम्बर २०२५ मा आपूर्ति गरिनेछ। यो आपूर्ति २०२० मा अमेरिका र भारतबीच भएको ६० करोड अमेरिकी डलर बराबरको सम्झौताअनुसार हो।

बिज्ञापन

भारतीय सेनाको जोधपुरस्थित आर्मी एभिएसन कर्प्सले अपाचे स्क्वाड्रन तयार गरिसकेको भए पनि हेलिकप्टर प्राप्त नहुँदा १५ महिनादेखि कुर्नु परेको थियो। अब पहिलो चरणको आपूर्तिसँगै सेनाको उन्नत आक्रमण क्षमता विशेषगरी पश्चिमी सीमामा थप बलियो हुने बताइएको छ।

यो सहमति रक्षा मन्त्री राजनाथ सिंह र अमेरिकी रक्षा सचिव पिट हेगसेथबीच जुलाई १ मा भएको टेलिफोन वार्तापछि सार्वजनिक भएको हो। दुई नेताबीच भारत–अमेरिका रक्षा सहकार्यका वर्तमान तथा भावी योजनाको समीक्षा भएको थियो।

रक्षा मन्त्री सिंहले वार्ताका क्रममा अमेरिकी सहयोगप्रति धन्यवाद दिँदै ‘अप्रेशन सिन्दूर’मा अमेरिका द्वारा दिइएको साथको प्रसंसा गरेका थिए। साथै उनले एलसीए तेजस एमके–१ए विमानका लागि आवश्यक जनरल इलेक्ट्रिकका इञ्जिन समयमै आपूर्ति गर्न आग्रह गरे। साथै भारतमै जेट इञ्जिन उत्पादन संयन्त्र स्थापना गर्ने विषयमा पनि जोड दिएका थिए।

दस वर्षे रक्षा सहकार्यको तयारी
अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले जुलाई २ मा जारी गरेको विज्ञप्तिमा सचिव हेगसेथले भारतलाई दक्षिण एसियाको प्रमुख रक्षा साझेदारको रूपमा लिएको उल्लेख गरेका छन्। उनीहरूले फेब्रुअरी २०२५ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको संयुक्त वक्तव्यमा उल्लेखित रक्षा सहकार्य लक्ष्यतर्फ भारत–अमेरिका अघि बढिरहेको जनाएका छन्।

दुवै पक्षबीच अमेरिकी रक्षा उपकरण खरिद तथा रक्षा औद्योगिक सहकार्यलाई अझ मजबुत बनाउने विषयमा पनि छलफल भएको छ। साथै आगामी भेटघाटमा दुवै देशले अर्को दस वर्षे भारत–अमेरिका रक्षा सहकार्य फ्रेमवर्क सम्झौता हस्ताक्षर गर्ने सहमति पनि भएको पेन्टागनले जनाएको छ।

अद्वितीय अपाचे
एएच–६४ अपाचे आक्रमणकारी हेलिकप्टर आफ्नो शक्तिशाली आक्रमण क्षमता, तीव्र गति र उच्च जोगिने क्षमताको अद्वितीय संयोजनका लागि प्रसिद्ध छ। यो हेलिकप्टर आक्रमण र प्रतिरक्षा दुवै भूमिकाका लागि डिजाइन गरिएको हो र युद्धमैदानमा प्रभुत्व जमाउन अत्याधुनिक प्रविधिको प्रयोग गर्छ। यसको प्रमुख हतियारहरूमा हेलफायर मिसाइल, ७० मिमी रकेट र ३० मिमी चेन गन समावेश छन्, जसले यसलाई स्थल र हवाई लक्ष्यहरू विरुद्ध एक शक्तिशाली युद्धशक्ति बनाउँछ।

Ask ChatGPT

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
ACS

विराटनगर

हेर्नै पर्ने भिडियो