Premier Cables

अन्तराष्ट्रिय

अमेरिकामा किन भईरहेछ दैनिक प्रदर्शन ?

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, चैत्र १५, २०८२  | बिहान ९:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । पश्चिम एसियामा एक महिनादेखि जारी युद्धले विश्वव्यापी चिन्ता बढाएको छ । खाडी क्षेत्रमा तनाव अझै उच्च अवस्थामा रहँदा युद्ध ३०औँ दिनमा पुगेको छ ।

यसैबीच, अमेरिकाका विभिन्न भागमा शनिबार राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानसम्बन्धी युद्ध नीतिविरुद्ध ‘नो किंग्स’ नामक प्रदर्शन भएको छ । लाखौँ नागरिक सहभागी उक्त प्रदर्शनमा ट्रम्प प्रशासनका नीति, बढ्दो महँगी तथा इरानसँगको युद्धविरुद्ध चर्को विरोध जनाइएको थियो ।

विज्ञापन

ठूला सहरदेखि साना नगरसम्म फैलिएको प्रदर्शनमा रिपब्लिकन र डेमोक्रेट दुवै पक्षका मानिसहरूको सहभागिता देखिएको थियो । प्रदर्शनकारीहरूले नारा लगाउँदै प्लेकार्ड प्रदर्शन गर्नुका साथै सांगीतिक प्रस्तुति र नृत्यमार्फत पनि आफ्ना मागहरू राखेका थिए ।

न्युयोर्क सिटीमा प्रदर्शनकारीहरू मिडटाउन म्यानहटनबाट मार्च गर्दै आप्रवासन नीति, ट्रम्प प्रशासन र इरान युद्धविरुद्ध आवाज उठाइरहेका थिए । सान फ्रान्सिस्कोमा एम्बार्काडेरो प्लाजाबाट सिभिक सेन्टरसम्म मार्च निकालिएको थियो, जहाँ विभिन्न सामाजिक आन्दोलनहरूको समर्थनमा ब्यानरहरू देखिएका थिए ।

त्यस्तै, मिनेसोटाको सेन्ट पलमा आयोजित ठूलो र्‍यालीमा रक गायक ब्रुस स्प्रिंगस्टीनले प्रस्तुति दिएका थिए । उनले मिनेसोटालाई देशकै लागि प्रेरणादायी उदाहरणको रूपमा चित्रण गर्दै जनवरीमा फेडरल इमिग्रेशन कारबाहीका क्रममा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गरे । सो अवसरमा गभर्नर टिम वाल्जले संघीय आप्रवासन नीतिको आलोचना गर्दै स्थानीय समुदायको एकता र साहसको प्रशंसा गरे ।

अमेरिकामा ‘नो किंग्स’ आन्दोलनको यो तेस्रो चरण हो । यसअघि पनि गत वर्ष दुईपटक यस्ता प्रदर्शन भएका थिए, जसमा ठूलो जनसहभागिता देखिएको थियो । महँगी, इन्धन मूल्य वृद्धि र आर्थिक सुस्तता पनि यी प्रदर्शनका प्रमुख कारणका रूपमा रहेका छन् । यद्यपि, फ्लोरिडाको वेस्ट पाम बीचमा केही समर्थक र प्रदर्शनकारीबीच सामान्य मौखिक झडपसमेत भएको जनाइएको छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka