Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

फेरि ३७ नेपाली ‘अमेरिका निकाला’, चार्टर्ड विमानले बिहीबार ल्याउने

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र १८, २०८२  | अपराह्न १:०४ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । अमेरिकी सरकारले ३७ जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। उनीहरूलाई चार्टर्ड विमानमार्फत बिहीबार साँझ ५ बजे काठमाडौं ल्याइने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले जानकारी दिएको छ।

वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेका अनुसार, “डिपोर्ट गरिएका नेपालीहरू आज (बुधबार) नै आइपुग्ने भनिएको थियो, तर प्राविधिक कारणले २४ घण्टा सारिएको हो।”

बिज्ञापन

यो संख्या एकैपटकमा डिपोर्ट गरिएका दोस्रो ठूलो समूह हो। यसअघि पनि २०८२ साल जेठ २५ गते अमेरिकाले ३७ नेपालीलाई चार्टर्ड विमानबाट डिपोर्ट गरेको थियो।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता अमेरिकाले हालसम्म २१५ जना नेपालीलाई डिपोर्ट गरिसकेको छ। ट्रम्पले सन् २०२५ को जनवरी २० मा दोस्रो कार्यकालको शपथ लिएका थिए।

अमेरिकी सरकारको भनाइ अनुसार, कानुनी आधारबिना अमेरिका बसेका, अवैध रूपमा प्रवेश गरेका वा भिसा उल्लंघन गरेका नेपाली नागरिकहरूलाई डिपोर्ट गरिएको हो।

डिपोर्ट गरिने व्यक्तिहरूको आगमनबारे काठमाडौंस्थित अमेरिकी दूतावासले अध्यागमन विभागलाई पूर्व जानकारी दिने गरेको छ। नेपाल आइपुगेपछि उनीहरूलाई नेपाल प्रहरीको जिम्मामा बुझाइन्छ।

नेपाल प्रहरीले तिनीसँग विशेष रूपमा मानव तस्करी वा अवैध आप्रवासनका घटनामा संलग्न व्यक्ति र समूहबारे जानकारी संकलन गर्ने गर्दछ।

राष्ट्रपति निर्वाचित भएपछि ट्रम्पले अवैध आप्रवासीविरुद्ध कडा नीति लागू गर्ने भन्दै कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। त्यसपछि अमेरिकी प्रशासनले १४ लाख ४५ हजार ५४९ जना आप्रवासीलाई निष्कासन सूचीमा राखेको, जसमा १,३६५ जना नेपाली पनि थिए।

सन् २०२४ मा मात्र अमेरिकाले ३५ जना नेपाली नागरिकलाई डिपोर्ट गरेको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka