Premier Cables
Premier Steel

समाचार

कोसी प्रदेश : अब ठूला र भारी सवारी साधनको फिल्डमै जांचपास

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar शनिबार, साउन १०, २०८२  | राती ९:५० बजे

विराटनगर । कोसी प्रदेश सवारी तथा यातायात व्यवस्था (दोश्रो संशोधन) नियमावली, २०७७ को विषयमा सरोकारवालासंग छलफल गरिएको छ ।

यातायात व्यवस्था कार्यालय इटहरीले नियम/उप-नियम र साविक व्यवस्था तथा प्रस्तावित व्यवस्था र संशोधनको विषयमा छलफल गरेको हो ।‌ छवी सुब्बा
तीन पाङ्ग्रे ई–रिक्सा सम्बन्धी व्यवस्थाअनुसार
तीन पाङ्ग्रे ई–रिक्सा दर्ता तथा नविकरण सम्बन्धी  नयाँ व्यवस्था लागू भएको छ ।

बिज्ञापन

अब प्रदेश यातायात व्यवस्था कार्यालयले तीन पाङ्ग्रे ई–रिक्साको दर्ता तथा नवीकरण गर्दछ।

पहिले नवीकरण गर्दा लाग्ने शुल्क, दस्तुर सम्बन्धी व्यवस्था सम्बन्धित स्थानीय तहले निर्धारण गर्ने बमोजिम थियो  । तर ई–रिक्साले वार्षिक रुपमा तीनपल्ट यातायात मापदण्ड उल्लंघन गरेको प्रमाणित भएमा स्थानीय तहलाई दर्ता र नवीकरण गर्न नदिने दस्तुर निर्धारण नगरेसम्म यो नियम लागु हुने छैन भन्ने व्यवस्था थियो ।

नयाँ नियमले अब यातायात व्यवस्था कार्यालयबाट लिइने दस्तुर नै स्थानीय तहले लिइने दर्ता र नवीकरण गर्न सक्ने नीति प्रदेश सरकारले लिएको छ ।

भने,”आर्थिक वर्ष कटेपछि सवारी धनी नवीकरण गर्न आए जरिवाना लाग्ने व्यवस्था भएको छ ।”

आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले अन्य प्रदेशका सवारी साधनले कोसी प्रदेशमै कर तिर्न चाहे सम्बन्धित प्रदेशकै दर अनुसार तिर्न मिल्ने बताए । उनले भने,”यहाँका व्यवसायीले यहीं सवारी दर्ता गराउन उत्साहित गराउने उद्देश्य रहेको छ ।”

संशोधित व्यवस्थाबारे यातायात कार्यालय इटहरीका प्रमुख बाबुराम लुइँटेलले  सरोकारवाला लाई जानकारी गराए । जिल्लामा कुद्ने ठूला सवारी यातायात कार्यालयमा नल्याई जांचपास गर्दा कर्मचारी सम्बन्धित ठाउँमा पुगेर गर्ने व्यवस्था गरिएको बताए ।

भने,”वैज्ञानिक जांचपास सम्बन्धित ठाउँमा गएर कर्मचारीले गर्नुपर्छ त्यसको फोटो खिच्न पर्छ । खासगरी निर्माणमा प्रयोग हुने जेसीबी लगायतका साधनमा यो नियम लगाइएको हो ।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka