काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमण पूरा गरेर प्रधानमन्त्री बालेन शाह स्वदेश फर्किएका छन् ।
प्रधानमन्त्री शाह केहीबेरअघि नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालका लागि प्रस्थान गरेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलालगायतले विमानस्थलमा बिदाइ गरेका थिए ।
प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा नयाँदिल्ली पुगेका थिए । भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुका साथै विभिन्न विषयमा छलफल, समझदारी र सम्झौतासम्बन्धी कार्यतालिका पूरा गरेका छन् ।
दुई देशबीचको सम्बन्ध, आपसी सहयोग र विकास साझेदारीका विषयमा छलफल गर्दै प्रधानमन्त्री शाह आज स्वदेश फर्किएका हुन् ।
