Premier Cables

मौसम

सुक्खाग्रस्त मधेशमा आज रातिदेखि वर्षा हुने

Calendar बिहिबार, साउन ०८, २०८२  | बिहान ८:०३ बजे

काठमाडौं । लगातारको खडेरीले सुक्खाग्रस्त मधेशमा आजदेखि बर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सरकारले हिजो मात्र मधेशका ८ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

बिज्ञापन

देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेपनि मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेका कारण आज रातिबाट मधेशमा पानी पर्न सक्ने पर्ने महाशाखाले जनाएको हो ।

आज राति कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka